कालोबजारी गरेको आरोपमा शंकर ग्रुपका मालिक अग्रवाल पक्राउ |
काठमाडौं । शंकर ग्रुपका मालिक सुलभ अग्रवाल कालोबजारी गरेको आरोपमा पक्राउ परेका छन् ।
मंगलबार महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले शंकर ग्रुपका मालिक अग्रवाललाई नक्सालबाट पक्राउ गरेको हो ।
उनले तीन हजार पर्ने थर्मलगनलाई १५ हजार रुपैयाँमा बेचेको आरोपमा पक्राउ गरेको महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले जानकारी दिए ।
उनी जगदम्बा स्टिल्स र सिमेन्टका सञ्चालक पनि हुन् ।
Visited 1 times, 1 visit(s) today