दाङको चार नाकामा खटिए सशस्त्र प्रहरी |
घोराही । दाङको सीमावर्ती क्षेत्रका थप ४ वटा नाकामा आइतबारदेखि सशस्त्र प्रहरी बल खटिएका छन् ।
भारतमा कोरोना भाइरसका बिरामी बढेसँगै जिल्लाका सीमावर्ती क्षेत्रका थप ४ वटा नाकामा सशस्त्र प्रहरी बल खटिएको जिल्ला प्रशासन दाङले जानकारी दिएको छ ।
स–साना नाका र चोरबाटो हुँदै नेपाली तथा भारतीय नागरिक नेपाल प्रवेश गर्नसक्ने भन्दै चारवटा साना नाकामा सशस्त्र प्रहरी बल खटाइएको र त्यो अनुसार नाकामा सशस्त्र प्रहरी पुगिसकेको दाङका प्रमुख जिल्ला अधिकारी गोबिन्द रिजालले बताए ।
सिमावर्ती भौरीसाल, पटौली, भौवा र गुरुङ नाकामा सशस्त्र प्रहरी बल खटाइएको रिजालले जानकारी दिए ।
कोरो भाइरसको महामहारीसँगै सरकारले अख्तियार गरेको लकडाउनसँगै जिल्लाका सानाठूला गरी २६ वटा नाका अनिश्चितकालका लागि बन्द गरिएको छ ।
Visited 1 times, 1 visit(s) today