पहिलो पटक मानिसबाट जनावरमा सर्यो कोरोना भाइरस, अमेरिकामा बाघ संक्रमित |
काठमाडौं । अमेरिकामा बाघमा पनि कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ । बीबीसीले उल्लेख गरेअनुसार अमेरिकाको न्युयोर्क्स्थित ब्रोन्क्स चिडियाघरमा चार वर्षको बघिनीलाई कोरोना भाइरसको संक्रमण देखिएको हो । यो बाघमा कोरोना भाइरसको संक्रमण भेटिएको लोवास्थित नेशनल भेटेनरी ल्याबरोटरीले पुष्टि गरेको हो ।
मानिसबाट सरेको कोरोना भाइरसले पहिलो पटक जनावर विरामी परेको छ । सो चिडियाखानामा रहेको ४ वर्षे नादिया नाम गरेको मलायान बाघमा कोरोना भाइरस परीक्षणको रिपोर्ट पोजेटिभ आएको हो ।
नादियासहित चिडियाखानाका अन्य तीन बाघ र तीन सिंहमा सुख्खा खोकी विकसित भएपछि उनीहरूमध्ये सबैभन्दा बिरामी नादियाको कोभिड(१९ परीक्षण गरिएको थियो ।
कोभिड–१९ गराउने यो भाइरस जनावरबाट मानिसमा सरेको अनुमान गरिदैं आइएको थियो र यसअघि हंगकंगका केही जनावरहरूको परीक्षण नतिजा ’पोजेटिभ’ आएको थियो ।
संक्रमणको कुनै लक्षण नदेखिएका सो चिडियाखानाका कर्मचारीको सम्पर्कमा आएपछि नादिया बिरामी परेकाले यो एउटा पृथक केस भएको विश्वास चिडियाखानाका प्रमुख भेटेनेरियन पल कालेले बताएका छन् ।
पलले कुन कर्मचारीबाट नादियालाई संक्रमण भएको हो भन्ने पत्ता नलागेको बताए ।
’मानिसबाट जनावर संक्रमित भएर बिरामी परेको संसारमा हामीलाई थाहा भएको यो नै पहिलो पटक हो’, पलले भने ।
विरामी परेपछि नादियाको एक्स–रे, अल्ट्रासाउण्ड र रक्त परीक्षण गरेको चिडियाखानले न्यू योर्क कोरोना भाइरसको संक्रमणबाट सर्वा्धिक प्रभावित भएकाले उनको कोरोना भाइरस परिक्षण गरेको थियो ।
मध्य मार्चबाट सो चिडियाखाना बन्द छ । बाघले मार्च २७ बाट विरामीको लक्षण देखाएको नादियाको कोरोना परीक्षण गरेको अमेरिकाको राष्ट्रिय भेटनरी सेवा प्रयोगशालाले जनाएको छ ।
Visited 1 times, 1 visit(s) today