बुटवलका सडकमा चार लाख ६८ हजार लिटर किटनाशक औषधि छरियो |
बुटवल । कोरोना भाइरस (कोभिड(१९)को रोकथामका लागि बुटवलका सडकहरुमा ‘क्लोरिन’ र ‘ब्लिचिङ पाउडर’सहितको किटनाशक छर्किएको छ ।
उपमहानगरपालिकाले नगरभित्रका बाइपास सडकमा क्लोरिन झोल र ब्लिचिङ पाउडर मिश्रति औषधि छरिएको हो । ब्लिचिङ पाउडर र क्लोरिन झोलयुक्त विषादीलाई मानव स्वास्थ्यमा असर नपर्ने भन्दै विज्ञहरूले सिफारिस गरेका थिए ।
नगरवासीलाई लकडाउनको पालना गर्न सार्वजनिक अपिल जारी गर्नुका साथै उपमहानगरपालिकाले नगरभित्र रहेका ३० फुटे सबै सडकमा ‘डिसइन्फेक्सन’ बनाउन लागेको प्रमुख शिवराज सुवेदीले जानकारी दिए ।
तीन दिनमा उपमहानगरपालिका भित्रका सबै सडकमा उक्त क्लोरिन छरेर सकिने र राहत वितरणसँगै सार्वजनिक अपिल पनि गरिने प्रमुख सुवेदीले बताए ।
सडक किनारमा टाँसिएर रहेका भाइरस मर्ने, किटाणु नाश हुने र सरसफाइमा समेत चासो बढ्ने विश्वास गरिएको छ । उपमहानगरले दमकल प्रयोग गरेर एकपटकमा ४५ सय लिटर औषधि छर्किरहेको छ । दमकलमा राखेर सडक र पेटीमा छर्किने र सँगसँगै सार्वजनिक सन्देश पनि प्रवाह गरिएको उपमहानगरका प्रेस सल्लाहकार अमृत गिरीले बताए ।
उपमहानगरपालिकाले विशेषज्ञको सिफारिसमा डिसइन्फेक्सनको झोल छर्किएको र सबै वडामा पुर्यागइने बताएको छ । पहिलो चरणमा चार लाख ६८ हजार लिटर क्लोरिन छर्कने र अपुग भएको अवस्थामा थप क्लोरिन ल्याएर सडकमा छरिसरहेको जनाइएको छ ।
चिडिया चौकीदेखि योगिकुटी सिमानासम्म, मिलनचोकदेखि बाणिज्य क्याम्पस बेलबास पुलदेखि १४ नंं वडा कार्यालय, भुड्की चोकबाट बेसक्याम्प, कृषि उपज केन्द्रबाट योगिकुटी कालिकापथसम्म चरणबद्ध औषधि छर्किने काम भैरहेको छ ।
दोस्रोचरणमा नपुगेका अरु वडाहरुमा टोली परिचालन गरेर काम हुने छ ।
Visited 1 times, 1 visit(s) today