स्पेनले लकडाउन थप १५ दिन बढाउने |
स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेजले शनिबार संसदसमक्ष मुलुकमा जारी लकडाउनलाई थप १५ दिन बढाउन सोध्ने बताएका छन् । कोरोना भाइरसको संक्रमणबाट सर्वा्धिक प्रभावित मुलुक मध्ये स्पेन एक हो ।
त्यहाँ हालसम्म संक्रमणबाट ११ हजार ७ सय ४४ जनाको मृत्यु भइसकेको छ भने १ लाख १७ हजार ७ सय १० जनामा संक्रमण भेटिएको छ ।
पछिल्लो समय त्यहाँ साता अगाडिको अनुपातमा मृत्युदर घटेको छ ।
पछिल्लो समय मृत्युदर ७ प्रतिशत रहेको छ जबकी साता अगाडि त्यो २० प्रतिशतको हाराहारीमा थियो ।
मृत्यु र संक्रमणमा कमी आइरहेको अवस्थामा प्रम सान्चेजले अप्रिल २६ सम्म लकडाउन लम्ब्याउने बताएका हुन् । टेलिभिजनबाट राष्ट्रलाई सम्बोधन गर्दै सान्चेजले जारी लकडाउनले नतिजा देखाउन शुरु गरेको जनाएका छन् ।
’हामी महामारी नियन्त्रणको सुरुवातमा छौं । हामी हामीले सोचेभन्दा बलिया छौं तर हामीले सहनुपर्छ । बलिदान, प्रतिरोध र जितको भावना हामीमा रहिराख्नुपर्छ’, सम्बोधनमा उनले भने ।
यस्तै उनले केही प्रतिबन्धहरू इस्टरपछि फुकुवा गर्ने पनि सो सम्बोधनमा बताए ।
’हामी आर्थिक गतिविधिलाई स्थिर राखिराख्ने अवस्थालाई बढाउने पक्षमा छैनौं’, उनले भने । पसल, बार र रेस्टुरेन्ट भने बन्द रहने उनले जानकारी दिएका छन् ।
Visited 1 times, 1 visit(s) today