सिएनआईले वागमती प्रदेशलाई हजार प्याकेट खाद्यान्न दियो, खाद्यान्न आपूर्ति सहज बनाउन आग्रह |

काठमाडौं । नेपाल उद्योग परिसंघले वागमती प्रदेशलाई खाद्यान्न हस्तान्तरण गरेको छ। परिसंघका वागमती प्रदेश संयोजक ऋषिराम घिमिरेले मुख्यमन्त्री डोरमणि पौडेललाई खाद्यान्न सामाग्री हस्तान्तरण गरे ।
दाल, चामल, नुन, तेल लगायत अन्य अत्यावश्यकीय सामाग्री रहेका एक हजार थान प्याकेट हस्तान्तरण गरिएको परिसंघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । नेपालका सवै प्रदेश लगायत काठमाडौं,ललितपुर तथा भक्तपुरका विभिन्न स्थानहरुमा यस्ता राहत सामाग्रीहरु उपलब्ध गराइने परिसंघले जनाएको छ ।
परिसंघले आफ्ना सदस्य प्रतिष्ठानलाई दैनिक उपभोग्य वस्तु तथा अत्यावश्यकीय सामानको आपूर्तिलाई दुरुस्त राख्न समेत आग्रह गरेको छ । परिसंघले खाद्यान्नका उद्योग सहज रुपमा संचालन ल्याउन र मजदुरलाई सहज आवागमनका लागि समेत सरकारलाई सहजीकरणका लागि आग्रह गरेको छ ।