धनगढीमा पनि कोरोनाको परीक्षण शुरु |
कैलाली । सेती प्रादेशिक अस्पताल धनगढीमा नोवेल कोरोना भाइरस (कोभिड–१९)को परीक्षण शुरु भएको छ ।
कोरोनाको संक्रमण पत्ता लगाउने उपकरण आरटीपीसीआर जडान कार्य पूरा भएपछि बिहीबारदेखि प्रयोगशाला जाँच सेवा शुरु भएको अस्पतालका प्रवक्ता डा. जगदीश जोशीले जानकारी दिए ।
संघीय सरकारले चीनबाट खरिद गरेको उपकरण जडानपछि परीक्षण शुरु भएको अस्पतालका ल्याब इन्चार्ज रमेश शाहीले बताए । उनका अनुसार एउटा नमूनाको रिपोर्ट आउन करिब साढे एक घण्टा लाग्ने बताए ।
पहिले कोभिड–१९ को ननूना संकलन गरी काठमाडौं पठाउने गरिएको र त्यसको रिपोर्ट आउन एक साता लाग्ने गरेकोमा अब छिटो हुने भएको छ ।
Visited 1 times, 1 visit(s) today