सेती प्रादेशिक अस्पतालमा कोरोना भाइरस परीक्षण गर्ने मेसिन जडान |
कैलाली । सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस परीक्षण गर्ने मेसिनको जडान गर्ने कार्य सम्पन्न भएको छ । सुदूरपश्चिम प्रदेशको सेती प्रादेशिक अस्पतालमा सो मेसिनको जडान कार्य सम्पन्न भएको हो ।
संघीय सरकारले चीनबाट खरिद गरेको मेसिन जडान गर्न सेती प्रादेशिक अस्पतालमा विज्ञ टोलीसहित पठाएको सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले जानकारी दिए । केही प्राविधिक काम सकेर आजैदेखि परीक्षण सुरु गरिने सेती प्रादेशिक अस्पतालले जानकारी दिएको छ ।
एक स्याम्पल चेक गर्न एक घण्टा दश मिनेट लाग्ने बताइएको छ । कोरोना परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा पठाएको मेसिन आईपोनेटीक कम्पनीको भएको समेत जानकारी दिइएको छ ।
अस्पतालका डां जगदिश जोशीले केही प्राविधिक काम सकेपछि आज साँझसम्मबाट स्याम्पल परीक्षण शुरु हुने बताए ।
Visited 1 times, 1 visit(s) today