नागरिक लगानी कोषले गर्यो सरकारलाई १ करोड २५ लाख रुपैयाँ सहयोग |

काठमाडौं । नागरिक लगानी कोषले कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार कोषमा एक करोड २५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।
कोषको सञ्चालक समितिको सोमबार बसेको बैठकले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणलाई नियन्त्रण गर्न सरकारले स्थापना गरेको कोषमा उक्त रकम सञ्चालक समितिका अध्यक्ष एवम् सदस्यहरुले बैठकबाट प्राप्त गर्ने बैठक भत्ता, कोषका कार्यकारी निर्देशक रमण नेपालले एक महिनाको तलब जम्मा गर्ने निर्णय गरेको हो ।
त्यसैगरी दसौं तहसम्मका अधिकृतहरुले ७ दिन, अन्य अधिकृतले ५ दिन र सहायकस्तरका कर्मचारीहरुले ३ दिनको तलब बराबरको रकम समेत सहयोग प्रदान गरेको छ ।