कोरोना नियन्त्रण कोष ː बागमती सरकारले छुट्यायो ५० करोड |
हेटौडा । बागमती प्रदेश मन्त्रिपरिषदको सोमबार हेटौडामा बसेको बैठकले कोरोना भाइरसको संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारकोषमा ४० करोड रुपैया थप्ने निर्णय गरेको छ । आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्कट्टेलकाअनुसार १० करोड रुपैयाको कोषलाई अब ५० करोड पुर्याइएको छ ।
प्रदेशका प्रत्यक्ष निर्वाचनतर्फका ६६ वटै निर्वाचन क्षेत्रमा प्रत्यक्ष निर्वाचित प्रदेशसभा सदस्यको संयोजकत्वमा समानुपातिक सदस्य, स्थानीयतहका जनप्रतिनिधि, राजनीतिक दलको प्रतिनिधित्व गराइने अनुगमन समिति बनाउने निर्णय पनि मन्त्रिपरिषद बैठकले गरेको छ ।
प्रदेश मन्त्रिपरिषदको आइतवार बसेको बैठकले कोरोना भाइरस संक्रमण,नियन्त्रण तथा उपचार सहयोग कार्यविधि २०७६ स्वीकृत गरी महानगरपालिकालाई २० लाख रुपैया, उपमहानगरपालिकालाई १५ लाखरुपैया, नगरपालिकालाई १२ लाख रुपैया र गाउँपालिकालाई १०लाख रुपैया सहायता उपलब्ध गराउने निर्णय गरेको आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्कट्टेलले जानकारी दिए ।
मन्त्री जम्कट्टेलका अनुसार जिल्ला विपद व्यवस्थापन समितिलाई पाँच लाख रुपैया पनि सोही कोषबाट उपलब्ध गराउने निर्णय गरिएको छ । सो रकम कोरोना संक्रमण रोकथाम एवं उपचार, आइसोलेसन तथा क्वारेन्टाइन निर्माण, मेडिकल सामग्री खरिद, बिपन्न परिवारलाई राहतका लागि स्थानीय सरकारले खर्च गर्न सक्नेछन् ।
बागमती प्रदेशले कोभिड–१९ को पहिचान रोकथाम,परिक्षण तथा उपचारका लागि १३वटै जिल्लालाई तयारी अवस्थामा राखेको छ । बागमती प्रदेशमा काठमाडौ बाहेकका जिल्लामा सोमबारसम्म ५४० वटा आइसोलेसन वेड तयार भएका छन् ।
रसुवामा ३५, नुवाकोटमा ९, धादिङमा ३८, दोलखामा ४८, सिन्धुलीमा २३, सिन्धुपाल्चोकमा १७, काभ्रेमा २१, चितवनमा ११३, मकवानपुरमा ६, ललितपुरमा १४६ रामेछापमा ४८ र भक्तपुरमा २५ गरी ५४० आइसोलेसन वेड तयार रहेको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ। ती जिल्लामा ८१ व्टा अस्पताल रहेका छन् । ती१२ वटा जिल्लाले आइसोलेसन कक्ष, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र पिपिइ, सरसफाइ र डिस्इन्फेक्सन सम्बन्धी सामान प्रदेश र संघबाट अपेक्षा गरेका छन्।
हालसम्म १६८जना शंकास्पद बिरामीलाई व्यवस्थापन गरिएको सो मन्त्रालयले जनाएको छ । मन्त्रालयकाअनुसार धादिङमा २८जना, काभ्रेमा १०जना, चितवनमा १०८ जना र ललितपुरमा१८ जना शंकास्पद बिरामीलाई व्यवस्थापन गरिएको छ ।
तीमध्ये३४ जना शंकास्पद बिरामीको आइतवार व्यवस्थापन गरिएको थियो। काभ्रेमा १४ जना र ललितपुरमा ६जना कोभिड( १९ का शंकास्पद बिरामी रहेका छन् । नुवाकोटमा ५०, सिन्धुलीमा १०५, सिन्धुपाल्चोकमा १२, ललितपुरमा ५५ गरी २२२ वटा परसनल प्रोटेक्टिभ इक्वीप्मेन्ट रहेका छन्।
Visited 1 times, 1 visit(s) today