ब्यालेन्स सकियो? मोबाइल वालेट वा बैंकिङ छैन? कार्डबाटै यसरी गर्नुस् रिचार्ज |
काठमाडौं । लकडाउनले बजार पसल लगभग ठप्प छन्। यस्तोबेला अन्य दैनिक उपभगोग्य वस्तुको आपूर्ति केही भए पनि धेरै मान्छे बाहिर निस्किरहेका छैनन् ।
लकडाउन अवधिमा सरकारले नै घरभित्रै बस्नु भनेपछि धेरै भित्र बसेका छन्। यस्तोमा सूचना तथा सञ्चारको साधन मोबाइलको ब्यालेन्स सकिएमा के गर्ने भन्ने धेरैको चिन्ता हुनसक्छ ।
ब्यालेन्स सकिएमा मोबाइल वालेट, बैंकिङको सेवा लिइरहेकाहरूले सहजै रिचार्च गरिरहेका छन्। जसबाट इन्टरनेट तथा फोन गर्नलाई कुनै कठिन छैन । तर यस्ता सेवा नभएकाहरूका लागि बिकल्प के ?
यसको बिकल्प नेपाल नेपाल टेलिकमले ल्याएको छ । तर यसका लागि उपभोक्तासँग एटिएम कार्ड भने हुनुपर्छ। कार्ड भएका कुनै पनि ग्राहकले नेपाल टेलिकमको वेबसाइट तथा एप्लीकेशनबाट रिचार्ज गर्नसक्ने छन् ।
कसरी गर्ने कार्डबाट रिचार्ज ?
*नेपाल टेलिकमको वेबसाइट वा एप्लिकेशन खोल्ने
* अनलाइन रिचार्जमा गएर रिचार्ज विथ कार्डमा क्लिक गर्ने वा सिधै कार्ड पे लेखेको ठाउँमा क्लिक गर्ने
* त्यसपछि रिचार्ज गर्नुपर्ने मोबाइल नम्बर राख्ने जसलाई भेरिफाइ गर्ने कार्य गर्छ
* रिचार्ज रकमको बिकल्प छनौट गर्ने
* कार्डको विवरण माग गर्छ जहाँ विवरण भर्ने