पुनर्बीमा कम्पनीको आईपीओमा २.५७ गुणा बढी आवेदन | ३ करोड ८९ लाख ६ हजार ७९० कित्ता शेयरको लागि आबेदन
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको आईपीओमा २.५७ गुणा बढी आवेदन परेको छ । कम्पनीको आईपीओमा बिहीबार साँझ सम्ममा करिब ४ अर्ब रुपैयाँ बराबरको आबेदन परेको हो ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक आरबीबी क्यापिटलका अनुसार २ लाख ९३ हजार २६४ आबेदनबाट ३ अर्ब ८९ कराेड ६ लाख ७९ हजार रूपैयाँ बराबरकाे ३ करोड ८९ लाख ६ हजार ७९० कित्ता शेयरको लागि आबेदन परेको हो ।
यो सर्वसाधारणलाई निष्काशन गरेको कुल १ करोड ५१ लाख २६ हजार ५०० कित्ताको २.५७ गुणा बढी हो ।
कम्पनीले चैत ४ गते देखि प्रतिकित्ता १०० अंकित दरका १ करोड ६० लाख कित्ता साधारण शेयर निष्काशन गरेको हो । त्यस मध्ये ७३ हजार ५०० कित्ता कर्मचारीहरुलाई र ८ लाख कित्ता शेयर सामुहिक लगानी कोषका लागि छुट्टाएर बाँकी रहेको १ करोड ५१ लाख २६ हजार ५०० कित्ता सर्वसाधारणको लागि आवेदन खुल्ला गरेको हो ।
कम्पनीले कुल पूँजी १० अर्बको १६ प्रतिशतले हुन आउने पूँजी १ अर्ब ६० करोड रुपैयाँ बराबरको शेयर निष्काशनमा ल्याएको हो ।
सो शेयर खरिदका लागि न्यूनतम १० कित्ता देखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओ पहिलो दिनमै ओभर सब्सक्राइब भइसकेकाेले चैत ७ गते शुक्रबारनै बन्द हुनेछ।
कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेको सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। यसका अलावा मेरोशेयर सफ्टवेयरबाट पनि आवेदन दिन सकिनेछ ।
कम्पनीले निष्काशन गर्न लागेको आईपीओलाई क्रेडिट रेटिङ्ग एजेन्सी इक्रा नेपालले इक्रा एनपी आईपीओ ग्रेड २ रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको आधारभूत अवस्था औषतभन्दा बलियो रहेको संकेत गर्दछ ।