चीनमा ६.२ रेक्टरको भूकम्प, भूकम्पको धक्का काठमाडौंसम्म |
काठमाडौं । कोरोनाको उद्गमस्थल चीन केन्द्रविन्दु भएर शुक्रबार बिहान भूकम्प गएको छ । भूकम्पको धक्का काठमाडौंलगायतका स्थानसम्म महसुस भएको छ ।
राष्ट्रिय भूकम्पमापन केन्द्रका अनुसार, नियाताङजियाङ केन्द्रविन्दु भएर शुक्रबार बिहान ७ः१८ बजे ६.२ रेक्टर स्केलको भूकम्प गएको हो । केन्द्रका अनुसार, काठमाडौंसम्म यही भूकम्पको धक्का महसुस भएको हो ।
भूकम्पको इपिसेन्टरलगायतमा यसबाट पुगेको क्षतिको विस्तृत विवरण आउन बाँकी छ ।
Visited 1 times, 1 visit(s) today