डिभी तथा गैरआप्रवासी भिसा अपोइन्टमेन्ट अनिश्चितकालका लागि रद्द |

अमेरिकी दूतावासले डाइभर्सिटी भिसा (डिभी) तथा गैरआप्रवासी भिसाका नियमित अपोइन्टमेन्टहरू अनिश्चितकालका लागि रद्द गरेको छ ।
सोमबार सूचना जारी गर्दै दूतावासले कोरोनाभाइरसका कारण मंगलबारदेखि लागू हुनेगरी अनिश्चितकालका लागि भिसा रद्द गरेको हो ।दूतावासले चाँडै भिसा सेवा पुन: सञ्चालन गर्ने बताएको छ ।
अत्यन्त जरूरी कामका लागि वा तुरुन्तै यात्रा गर्न आवश्यक भएमा आकस्मिक अपोइन्टमेन्ट अनुरोध गर्न दूतावासले [email protected] मा सम्पर्क गर्न अनुरोध गरेको छ ।
दूतावासले त्यहाँ उपलब्ध गराइएका निर्देशनहरूको पालना गर्न सम्बन्धितलाई आग्रह गरेको छ ।
एमआरभी शुल्क भने भुक्तानी मितिको एक वर्षसम्म भिसा आवेदनका निम्ति मान्य रहनेछ ।