कोभिड १९ विरुद्ध लड्न आपतकालिन कोषको स्थापना गर्ने मोदीको प्रस्ताव |

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) विरुद्ध लड्न आपतकालीन कोष स्थापना गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रस्ताव गरेका छन्। सार्क राष्ट्रका राष्ट्रप्रमुख तथा सरकार प्रमुखहरूसंगको भिडियो कन्फरेन्समा उनले उक्त प्रस्ताव राखेका हुन् ।
भारतले प्रारम्भिक रूपमा १० मिलियन अमेरिकी डलर कोषमा जम्मा गर्ने घोषणा गर्दै अन्य राष्ट्रहरुलाई पनि कोषमा सहभागी हुन प्रस्ताव गरे ।
कोषमा जम्मा भएको रकम सार्क सदस्य राष्ट्रलाई कोरोनाविरुद्ध लड्न आवश्यक पर्दा प्रयोग गर्ने सकिने उनको भनाई छ ।
भारतले कोभिड १९ विरुद्ध र्यापिड रेस्पोन्स टिम बनाइरहेको र टेष्ट किट जम्मा गरेको जानकारी गराउदै उनले कुनै देशलाई आवश्यक भए सहयोग गर्ने प्रतिबद्धता जनाए ।
सार्क सदस्य राष्ट्रका सरकार प्रमुखहरूले पनि कोभिड १९ विरुद्ध लड्न एक जुट भएर लाग्ने प्रतिबद्धता जनाएका छन् ।