अब भाइबरबाट १० जनालाई सामूहिक कल गर्न सकिने | कोरोना भाइरसको जागरणका लागि संख्या दोब्बर बनाइयो
काठमाडौं । विश्वमा बढ्दो कोभिड–१९ को त्राससँगसँगै धेरै मानिसहरुमा यसको जोखिम देखा परेपछि उनीहरुलाई क्वारेन्टाइनमा राखिएको छ । सरकारी संघ संस्था र स्वास्थ्य मन्त्रालयले यो भाइरसको प्रकोप फैलिन नदिन कम्पनीहरुलाई उनीहरुका कर्मचारीहरुलाई घरमै बसेर काम गर्ने वातावरण प्रदान गर्न आग्रह गरिरहेका छन् । धेरैले यसलाई पालना पनि गरेका छन् ।
मानिसहरुले टाढैबाट आफूलाई सुरक्षित राखेर पहिले जस्तै अझ उत्पादनशील ढँगमा उनीहरुको कम्प्युटरहरु र स्मार्टफोनहरुसँग काम गर्न सक्दछन् । भाइबर जस्तो एपको साथमा तपाईंले घरबाट नै अझ अधिक दक्षतापूर्ण एवं समयनिष्ठ तवरमा तत्कालको लागि काम सम्पादन गर्न सक्नु हुन्छ । यहाँ लोकप्रिय मेसेजिङ एपका केही त्यस्ता सरल उपायहरु छन् जसको सहायताबाट तपाईंले कोभिड १९ को प्रकोपबीच पनि आफ्नो जिम्मेवारी पूरा गर्न सक्नु हुन्छ ।
सामूहिक कल मार्फत् मिटिङ्ग गनेुहोस् ː कोभिड–१९ ठूलो समूहमा सजिलै फैलिन सक्ने भएकोले छलफल सत्रहरुलाई प्रतिबन्ध गरि भ्वाइस कलहरुमा परिणत गर्नु उत्तम हुन्छ । मिटिङ्गहरुबाट हुन सक्ने जोखिमबाट पार पाउन सामूहिक कल एक उत्कृष्ट उपाय हो । भाइबरले कोभिड–१९ का बावजुद; सम्पर्कमा रहिरहन मद्दत पुगोस् भनेर भर्खरैमात्र सामूहिक कलहरुमा सहभागी बन्न सक्ने व्यक्तिहरुको संख्या दोब्बर बनाएको छ । अब, भाइबर सामूहिक कलले एकपटकमा १० जनासम्मलाई समेट्न सक्छ, जुन अत्यन्त महत्वपूर्ण मिटिङ्गको लागि पनि पर्याप्त हुन्छ ।
“हामी अहिलेको चुनौतिपूर्ण अवस्थालाई मध्यनजरमा राख्दै एकै स्थानमा सशरीर उपस्थित नभइकन पनि एक अर्कासँग सम्पर्कमा रहनका लागि विविध उपायहरुको खोजी गर्न प्रतिबद्ध छौं । कोरोना भाइरसको विस्तारको सन्दर्भमा आमजनले सावधानी अपनाएर काम गरेसँगै, हामी यो सुनिश्चित गर्न चाहान्छौँ कि, मानिसहरुले आफन्तहरुसँग बिना टाढा रहि सुरक्षित प्रविद्घिमा सम्पर्कमा रहिरहुन् र आफ्नो कामलाई पनि निरन्तरता दिन सक्षम रहुन् ।” राकुटेन भाइबरका प्रमुख संचालन अधिकारी ओफिर ऐयालले भने ।
ठूला फाइलहरु पठाउने ː भाइबरले फाइलहरु सजिलै आदान प्रदान गर्नसहायता गर्दछ, यसैले तपाईंले आफ्ना सहकर्मीहरु र व्यवसायिक साझेदारहरुलाई महत्वपूर्ण कागजातहरु र प्रस्तुतीकरणहरु छिटो प्रेषित गर्न सक्नु हुनेछ । २०० एमबिसम्मको फाइल एप भित्र सिधै आदानप्रदान गर्न सकिन्छ । ठूला फाइलहरुको लागि पनि तपाईंले आफ्नो भाइबर च्याटमा क्लाउड सर्भिसको लिन्क सेयर गर्न सक्नु हुन्छ ।
डेस्कटपमा आरामले काम गर्नुहोस् ː भाइबरको डेस्कटप भर्सनद्वारा घरैबाट आफ्ना सहकर्मी र क्लाइन्टहरुसँग च्याट गर्न, भेट गर्न र कल गर्र्न सकिन्छ । यसमा राम्रो स्क्रिन शेयरिङको विशेषता पनि छ, जसले तपाईं आफ्नो कम्प्युटरमा जारी रहेको कार्यलाई सजिलै सेयर गर्न मद्दत गर्दछ । यसका साथै सँगै भिडियो हेर्न तथा मन परेको वर्क एपको सजिलो पाठ प्रदान गर्न यो अत्यन्त उपयोगी छ ।
भाइबरको सुविधाजनक विशेषताहरुका साथ अहिले पनि कारोबार पहिले जसरी नै सुचारु भैरहेको छ चाहे प्रत्येक जनाले घरबाटै काम गरिरहेका किन नहोस् ।
भाइबरको बारेमा
राकुटेन भाइबरले मानिसहरु बिचको भौगोलिक तथा भावनात्मक दुरी हटाउन मद्दत गर्छ । हाम्रो विश्वव्यापी प्रयोगकर्ताले यी विशेषताहरु जस्तैː वान अन वान च्याट गर्ने, भिडियो कल गर्ने, ग्रुप म्यासेज गर्ने, तथा आफ्नो प्रिय ब्राण्डहरु र सेलिब्रेटीहरुका साथमा छलफल र तिनको जानकारी राख्ने लगायतमा आफ्नो पहुँच राख्दछन् । हामी हाम्रा प्रयोगकर्ताहरुलाई यो सुनिश्चित् गर्दछौं कि उनीहरुले आफ्नो भावना सुरक्षित एवं स्वतन्त्र वातावरणबीच साटासाट गर्न सक्दछन् ।
भाइबर राकुटेन इन्कर्पोरेटको एक हिस्सा हो, जुन विश्वव्यापी रुपमा ई–कमर्स तथा वित्तीय सेवाहरुमा अग्रणी रहेको छ । भाइबर एफसि बार्सिलोनाको आधिकारिक सञ्चार माध्यम हो भनें गोल्डेन स्टेट वारियर्सको आधिकारिक तत्काल मैसेजिङ्ग र कलिङ्ग एप पनि हो ।