कोरोना भाइरसबाट इरानमा एकै दिन ८५ को मृत्यु |
मध्यपूर्वमा कोरोना भाइरसको संक्रमणबाट सर्वा्धिक प्रभावित भनेको इरानमा सोका संक्रमणबाट कारण थप ८५ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य अधिकारीहरुले शुक्रबार दिएको जानकारीअनुसार योसँगै इरानमा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ५१४ पुगेको छ ।
इरानले एकै ठाउँमा एकै दिन यति धेरै बिरामीको मृत्यु भएको पनि पहिलो पटक भएको जनाएका छन् ।
इरानमा पछिल्लो एकै दिनमा एक हजार २८९ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन्। योसँगै कूल सङ्क्रमितको सङ्ख्या ११ हजार ३६४ पुगेको छ ।