सेयर बजारमा कारोबार समय १ घण्टा थपियो, आइतबारदेखि ४ बजेसम्म कारोबार गर्न सकिने |
काठमाडौं । नेपालको धितोपत्र बजारमा आइतबारदेखि अर्को नयाँ इतिहास बन्ने भएको छ । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)ले आइतबारदेखि शेयर बजारको कारोबार समय १ घण्टा थप गरेर नयाँ इतिहास बनाउने भएको हो । नेप्से)ले आइतबारदेखि शयर कारोबारको अवधी एक घण्टा बढाएर पाँच घण्टा पुर्याउन लागेको हो ।
धितोपत्र बोर्डले बोर्डले केहि दिन अधिमात्र शेयर बजारको कारोबार सयम वृद्धि सम्बन्धी पत्र नेप्सेमा पठाएर नेप्सेको राय मागेको थियो । नेप्सेको रायपछि बोर्डले निर्देशन दिदै अर्को व्यवस्था नभएसम्मका लागि परिक्षणका रुपमा पाँच घण्टा शेयर कारोबार गर्न लागिएको नेप्सेले जनाएको छ ।
अब प्रारम्भिक कारोबार समय बिहान १०ः३० बजेदेखि ११ बजेसम्म तोकिएको छ । ११ बजेदेखि ४ बजेसम्म बोल कबोल र निरन्तर कारोबार समय तोकिएको छ । त्यस्तै अन्तिम कारोबार भने ४ बजेदेखि ४ः०५ बजेसम्म तोकिएको छ । पछिल्ला केहि दिन सेयर बजारमा अप्रत्याशित उतार चढाव आईरहेको छ ।