१०औं वार्षिकोत्सवका अवसरमा अझ नौला र रोचक विशेषताहरू ल्याउदै भाइबर | बार्सिलोनाको खेल हर्ने अवसर जुराई दिएकोमा प्रियंका कार्कीले दिइन धन्यवाद
काठमाडौं । आफ्नो १०औं वार्षिकोत्सव मनाउने क्रममा यो वर्ष भाइबरले अझ नौलो र रोचक विशेषताहरू ल्याउने भएको छ । आफूलाई अभिव्यक्त गर्न र आफ्ना प्रिय मानिसहरूसँग जोडिएर रहन झन् सजिलो बनाउन गोप्यता र सुरक्षा युक्त विधि अपनाउँदै नयाँ विशेषताहरू ल्याउन लागेको कम्पनीले जानकारी दिएको छ ।
नेपाली नायिका प्रियंका कार्की केही समय अघि प्रेमी आयुष्मान देशराजसँग स्पेन पुगेकी थिइन् । उनीहरुले नाउ क्यापमा स्पेनिस ला–लिगामा बार्सिलोना र लेभान्टेबीचको खेल हेरेका थिए । उक्त खेलमा बार्सिलोनाले लेभान्टेलाई २–१ ले हराएको थियो । प्रियंकालाई खेल हेर्ने अवसर चर्चित सामाजिक सञ्जाल भाइबरले जुराएको थियो ।
त्यो रोमाञ्चक खेल प्रत्यक्ष हेर्न पाउँदा कार्कीले जीवनकै एक रमाइलो अनुभवको मज्जा लिएको बताएकी छन् । खेल प्रत्यक्ष हेर्नुका साथै उनीहरूले सबै भन्दा अगाडिको पङ्क्तिमा रहेका सिटहरूमा बसेर खेलाडीहरूलाई एकदमै नजिकैबाट नियाल्न पाएका थिए ।
भाइबर विश्वकै एक अति लोकप्रिय इन्स्टेन्ट मेसेजिङ एप हुनुका साथै बार्सिलोनाको आधिकारिक सञ्चार च्यानल पनि हो । सन् २०१७ देखि भाइबरले यस फुटबल क्लबलाई विश्वभरी छरिएका आफ्ना ८० करोड समर्थकहरूसँग विभिन्न किसिमका रोचक र रमाइलो अनुभवहरूले जोड्दै आइरहेको छ ।
टिमलाई प्रियंकाले नजिकैबाट नियाल्न पाएको यो यात्रा मानिसहरूलाई एक आपसमा जोड्नलाई विशेष, रमाइलो र रोचक बनाउने भाइबरको मिशन अन्तर्गतको सबैभन्दा पछिल्लो कार्य हो ।
राकुटेन भाइबरको बारेमा
राकुटेन भाइबरले मानिसहरु बिचको भौगोलिक तथा भावनात्मक दुरी हटाउन मद्दत गर्छ । यसको विश्वव्यापी प्रयोगकर्ताले यी विशेषताहरु जस्तैः वान अन वान च्याट गर्ने, भिडियो कल गर्ने, ग्रुप म्यासेज गर्ने, तथा आफ्नो प्रिय ब्राण्डहरु र सेलिब्रेटीहरुका साथमा छलफल र तिनको जानकारी राख्ने लगायतमा आफ्नो पहुँच राख्दछन् । आफ्ना प्रयोगकर्ताहरुलाइ आफ्नो भावना सुरक्षित एवं स्वतन्त्र वातावरणबीच साटासाट गर्न सक्दछन् ।
राकुटेन भाइबर राकुटेन इन्कर्पोरेटको एक हिस्सा हो, जुन विश्वव्यापी रुपमा इ–कमर्स तथा वित्तीय सेवाहरुमा अग्रणी रहेको छ । भाइबर एफसि बार्सिलोनाको आधिकारिक सञ्चार माध्यम हो भनें गोल्डेन स्टेट वारियर्सको आधिकारिक तत्काल मैसेजिङ्ग र कलिङ्ग एप पनि हो । थप सोधपुछका लागि प्रयोगकर्ताहरुले [email protected] मार्फत थप जानकारी लिन सक्नेछन् ।