मकवानपुरमा जन्ती बोकेको बस दुर्घटना, ४ जनाको मृत्यु |

काठमाडौं । मकवानपुरगढी गाउँपालिका वडा नम्बर २ मा बस दुर्घटना भएको छ ।
बुधबार साझा जन्ती बोकेको ना ३ ख ३५५६ बस दुर्घटना भएको मकवानपुर प्रहरी प्रमुख सुशील सिंह राठौरले जानकारी दिए । दुर्घटनामा ४ जनाको मृत्यु भएको राठौरले पुष्टि गरेका छन् ।
उनले उद्दार कार्य जारी रहेको बताए । मान्छे धेरै च्यापिएको भन्दै मृतकको संख्या बढ्न सक्ने उनले बताए । उनका अनुसार घटनाको थप विवरण आउन बाँकी छ ।