ग्लोबल आइएमई बैंकले टिकापुरमा गर्यो बैंकिङ साक्षरता कार्यक्रम |
काठमाडौं । ग्लोबल आइएमई बैंकले कैलाली जिल्लाको टिकापुरस्थित विरेन्द्र विद्यामन्दिर क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।
क्याम्पसमा अध्ययनरत विद्यार्थी र कार्यरत शिक्षक कर्मचारीहरुलाई लक्षित गरी संचालन गरिएको कार्यक्रममा करिब १०० जनाको उपस्थिति रहेको थियो।
कार्यक्रममा निक्षेप, कर्जा लगानी र यसको सदुप्रयोग, आधुनिक बैंकिङ, डिजिटल बैंकिङ तथा मोवाईल बैंकिङ र रेमिट्यान्स कारोवार सम्बन्धी जानकारी गराइएको थियो।
कार्यक्रममा बिरेन्द्र विद्यामन्दिर क्याम्पसका क्याम्पस प्रमुख हर्क भण्डारी र बैंकको टिकापुर शाखाका शाखा प्रमुख प्रकाशदत्त भट्टको उपस्थिती रहेको थियो।