इटहरीमा ५० शैयाको सैनिक अस्पताल सञ्चालनमा |

काठमाडौं । इटहरीस्थित पूर्वी पृतनामा आधुनिक उपकरणसहितको ५० शैयाको सुविधा सम्पन्न सैनिक अस्पताल शुक्रबारदेखि सञ्चालनमा आएको छ ।
अस्पतालको शुक्रबार प्रधानसेनापति पूर्णचन्द्र थापाले एक समारोहकाबीच उद्घाटन गरेका छन् ।प्रधानसेनापति थापाले अस्पताल सञ्चालनमा आएसँगै सेनाका बहालवाला तथा सेवानिवृत्त आफन्त तथा परिवारका सदस्य स्वास्थ्य उपचारका लागि काठमाडौं जानुपर्ने बाध्यता अन्त्य भएको बताए ।

नेपाली सेनाका बहालवाला तथा भूतपूर्व सैनिक र सैनिकहरुका आश्रित परिवारहरुलाई स्थानीय तहमा नै स्वास्थ्य उपचार सेवा उपलब्ध गराउने उद्देश्यले सैनिक कल्याणकारी कोषको लगानीमा अस्पताल निर्माण गरिएको सेनाले जनाएको छ ।
अस्पतालमा जनरल, मेडिकल, डेन्टल, प्याथोलोजी, इएनटी, गाइनो, फार्मेसी, रेडियोलोजी, फिजियोथेरापी र माइनर ओटी लगायतका सेवाहरु संचालनमा ल्याइएको सेनाले जनाएको छ ।