सानिमा जनरल इन्स्योरेन्सले ३० लाख कित्ता साधारण शेयर निष्काशन गर्ने |
काठमाडौं । सानिमा जनरल इन्स्योरेन्सले ३० लाख कित्ता साधारण शेयर निष्काशन गर्ने भएको छ ।
एनआइसी एशिया क्यापिटल र सानिमा जनरल इन्स्योरेन्सबीच प्रति शेयर १०० अंकित दरले हुने तीस करोडबराबरको ३० लाख कित्ता साधारण शेयर सर्वसाधारणमा सार्वजनिक गर्न निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ती सम्बन्धी सम्झौता भएको हो ।
हाल कम्पनीको चुक्ता पूँजी ७० करोड रहेकोमा कम्पनीले सर्वसाधारणमा शेयर निष्काशन गरेपछि चुक्ता पूँजी १ अर्व रुपैयाँ हुन्छ ।