सुनको मूल्य ८० हजार रुपैयाँ नाघ्यो |
काठमाडौं । केहि दिनदेखि लगातार रुपमा बढेको सुनको मूल्यले फागुन १२ गते सोमबार नयाँ उचाई कायम गरेको छ। सोमबार सुनको मूल्य १५ सय रुपैयाँले बढेर पुनः रेकर्ड कायम गरेको छ।
यसदिन छापावाला सुन प्रतितोला ८० हजार ३०० रुपैयामाँ र तेजाबी सुन प्रतितोला ८० हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
पछिल्लो समय अन्तरराष्ट्रिय शेयरबजार कोरोना भाइरसका कारण प्रभावित भइरहेको अवस्थामा अन्तराष्ट्रिय स्तरमा नै सुनको मूल्य बढेको हो।
यसदिन चाँदीको मूल्य ५ रुपैयाँ बढेर प्रतितोला ९२५ रुपैयाँमा कारोबार भइरहेको छ।
अन्तराष्ट्रिय बजारमा समेत सुनको मूल्य उच्च रुपले बढिरहेको छ । सोमबार अन्तराष्ट्रिय बजारमा सुन प्रतिअउन्स एक हजार ६६६.७० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।