ओपो रेनोटू एफ ː सिर्जनशिल यूवा पुस्ताका लागि उत्कृष्ट फोन | फोनमा समाहित ५ अत्याधुनिक फिचर्स

काठमाडौं । ओपोले केही समय अघि विशेषगरी सिर्जनशिल यूवा पुस्ता लक्षित गर्दै नेपालमा रेनो सिरिज अन्तर्गत आफ्नो नयाँ स्मार्टफोन रेनोटू एफ सार्वजनिक गरेको छ । रेनोटू एफ, ओपोको लोकप्रिय रेनो सिरिज अन्तर्गत भित्र्याइएको संस्करण हो । प्रयोगकर्ताको रचनात्मकतालाई थप प्रोत्साहन गर्ने उद्देश्यका साथ कम्पनीले यसमा फोटोग्राफीमा सुधार ल्याउने प्रशस्त फिचर्स उपलब्ध गराएको छ । फोन अहिले नेपाली बजारमा यसले उपलब्ध गराएका विभिन्न सुविधाका कारण निकै लोकप्रिय छ । फोनको लोकप्रियतामा विशेष योगदान पुर्याएका उत्कृष्ट केही फिचर्सका बारेमा उपभोक्तालाई जानकारी दिने जमर्कोका साथ यो लेख प्रस्तुत गरिएको छ ।
हरेक परिस्थिती उपयुक्त क्यामेरा

ओपो रेनोटू एफमा रहेको अत्याधुनिक क्यामेरा प्रविधिले बृहत ल्याण्डस्केपदेखि संकुचित गल्ली तथा पर्याप्त सौर्य प्रकाश रहेका स्थान तथा औँशीको अँध्यारो रात, हरेक वातावरण तथा परिस्थितीमा उत्कृष्ट प्रदर्शनी दिने क्षमता राख्छ । यसमा कम्पनीले क्वाड (चारओटा) क्यामेरा सेटअपको ब्यवस्था गरेको छ । फोनमा उपलब्ध चार क्यामेरामा ४८एमपी अल्ट्रा क्लियर मेन लेन्स, ८एमपी वाइड एंगल लेन्स, एउटा मोनो लेन्स र २एमपी पोट्रेट लेन्स रहेका छन् । यस फोनमा उपलब्ध गरिएको ४८एमपी क्षमताको प्रमुख लेन्स पछिल्ला पुस्ताका लेन्सको तुलनामा ठूलो मात्र नभइ अझ बढी रेजोल्यूशन दिने क्षमता राख्छ । यसमा रहेका एफ१.७९ एपर्चर र १÷२.२५ ईञ्च सेन्सरको सहायताबाट यसो हुनु सम्भव भएको हो ।
समान भिडियो क्षमता

ओपो रेनोटू एफले उत्कृष्ट तस्विर खिच्न सघाउनुका साथै समान भिडियो क्षमतापनि प्रदर्शित गर्छ । यसमा रहेका वाइड एंगल लेन्स र सोलुप भिडियो एडिटरका कारण रेनोटू एफको भिडियो खिच्ने क्षमतापनि उत्तिकै सटिक छ ।
पप्–अप् क्यामेरा

रेनोटू एफमा कम्पनीले पप्(अप् क्यामेरालाई ह्याण्डसेटको मध्य भागमा जडान गरेको छ । यसले गर्दा फोनबाट खिचिने सेल्फी प्राकृतिक देखिन्छ । साथै, यसमा उपलब्ध गरिएको रंगिन आरजीबी एट्मसफेर लाइटले सेल्फीमा विभिन्न मुड प्रदान गर्न सघाएको छ ।
स्क्रिन

वेभ ब्राउजिङ गर्दा होस्, भिडियो स्ट्रिमिङ वा गेमिङ, हरेक अवस्थामा यसमा रहेको पानोरामिक स्क्रिन साइजले आरामदायी भ्यूइङ अनुभव प्रदान गर्छ । यसमा रहेको १९.५ः९, पानोरामिक स्क्रिनमा २३४०८१०८० रिजोल्यूसन र ९१.१% स्क्रिन टू बडी रेसियो दिइएको छ । फोनलाई सम्भावित क्षतिबाट जोगाउने सोचका साथमा यसमा रहेको ६.५ ईञ्च एमोलेड पानोरामिक स्क्रिनमा पाचौँ पुस्ताको कोर्निङ गोरिल्ला ग्लासको प्रयोग गरिएको छ ।
रेनोटू एफमा आँखालाई स्क्रिनले फाल्ने हानिकारक नीलो प्रकाशबाट जोगाउन फ्लिकर फ्रि मोड र नाइट शिल्ड मोड उपलब्ध गरिएको छ ।
ब्याट्री

ओपोेले ब्याट्रीको महत्वका बारेमापनि रेनोटू एफमा उत्तिकै ध्यान दिएको देखिन्छ । कम्पनीले फोनमा ४ हजार एमएएच (टीवाईपी) ब्याट्री जडान गरेको छ । यो ब्याट्रीलाई मोबाइल गेम खेल्दै गर्दाको बखतमा समेत मज्जाले चार्ज गर्न सकिन्छ । फोनमा स्मार्ट एआई रेफ्रिजिरेटरको ब्यवस्थापनि रहेको छ । यसले चलायामन नरहेको अवस्थामा स्वचालितरुपमा एपलाई फ्रिज गरी ब्याट्री बचतमा सघाव पुर्याउँछ । कम्पनीले नयाँ फोनमा भोक फ्ल्याश चार्ज ३.० प्रविधि उपलब्ध गराएको छ । भीएफसी फास्ट चार्जिङ अल्गोरिथमले प्रत्यक्षरुपमा ट्रिक्लिङ चार्जिङको गति बढाएर मात्र ३० मिनेटको समयमा ५१% चार्ज गर्ने क्षमता राख्छ ।
फास्टर फिंगरप्रिन्ट अनलकिङ

रेनोटू एफमा ओपोले पछिल्लो संस्करणका तुलनमा अझ तिब्र हिडन फिंगरप्रिन्ट अनलक ३.० उपलब्ध गराएको छ । अनलक एरियाको प्रकास यस पटक पछिल्ला संस्करणका तुलनमा अझ चहकिला र स्क्रिन अन रहेको समयमा यसको अनलकिङ गति ११% सम्म तिब्र छ । यसका लागि कम्पनीले अप्टिकल फिंगरप्रिन्ट लेन्सका लागि थप उपयुक्त चहकिलो स्क्यानिङको प्रयोग गरेको छ ।
सीपीयू तथा सञ्चय

रेनोटू एफमा एमटीके हेलियो पी७० सीपीयूका साथमा ८जीबी ¥याम र १ सय २८जीबी रोमको शक्तिशाली संयोजन दिइएको छ । एमटीके हेलियो पी७०द्वारा संचारित र परिस्कृत २.१जीएचजेड प्रशेसर टर्बो चार्जेज्ले उत्कृष्ट कार्यक्षमता प्रदर्शित गर्नुका साथै आरामदायी अनुभव र सटिक रेस्पोन्स प्रदान गर्छ ।
फोनका अन्य आकर्षक फिचर्स
फोनमा प्रयोगकर्तालाई अझ उत्कृष्ट र परिस्कृत अनुभव दिने सोचका साथ लिंक बुष्ट, गेम बुष्ट २.०, डल्बि एट्मस, कलरओएस६.०, ओपो सेयर लगायत विभिन्न आकर्षक र उपयोगी फिचर्सपनि उपलब्ध गरिएका छन् ।
विक्रि सम्बन्धि जानकारी
मूल्य रु. ४३ हजार ९ सय ९० निर्धारण गरिएको ओपो रेनोटू एफ ईच्छुक उपभोक्ताले लेक ग्रिन वा स्काई ह्वाइट गरी दूई भिन्न रंग मध्य छनोट गर्ने विकल्पपनि उपलब्ध गरिएको छ ।