राष्ट्रिय स्वाधिनता मेरो मुख्य प्राथमिकता ː महरा |
काठमाडौं । अदालतबाट सफाइ पाएपछि पूर्व सभामुख कृष्णबहादुर महराले एक वक्तव्य जारी गर्दै मुलुकको स्वाधिनताको रक्षा आफ्नो पहिलो प्राथमिकता रहेको बताएका छन् ।
१०३ दिन डिल्लीबजार कारागारमा बसेर छुटेका महराले वक्तव्यमा भनेका छन् ‘एक देशभक्त नेपालीका रुपमा मुलुकको स्वाधिनताको रक्षा मेरो पहिलो र उच्च प्राथमिकतामा सधैं थियो, अहिले पनि छ र सदैव रहिरहनेछ ।’
हाल नेकपाभित्रै विवादित बन्दै आएको एमसिसी परियोजनालाई उनले सभामुख हुँदा अघि बढ्नबाट रोकेका थिए । उनले एमसिसी रोकेपछि प्रधानमन्त्री केपीशर्मा ओलीले महराले गल्ती गरेको भन्दै अभिव्यक्ति दिएका थिए ।
एमसिसी परियोजना रोकेकै कारण ‘अमेरिकी ग्राण्ड डिजाइन‘मा महरामाथि ‘रोशनी काण्ड’ लगाइएको उनका समर्थकहरूले दाबी गर्दै आएका छन् । उनी आज कारागारबाट छुटेपछि पनि कार्यकर्ताहरुले ‘एमसिसी मुर्दावाद’ भन्दै नारा लगाएका थिए ।
अदालतले सफाई दिएपछि सञ्चारकर्मीहरुसँग सार्वजनिक रुपमा कुनै प्रतिक्रिया नदिएका महराले वक्तव्य जारी गर्दै नेपालको राष्ट्रिय स्वाधिनता र नेपाली जनताको स्वतन्त्रता इतिहासदेखि नै गौरवपूर्ण रहेको र सधैं रहिरहने बताएका छन् ।
साथै उनले डिल्लीबजार कारागारमा हुँदा आफूलाई सहयोग र सहानुभूति दिने समर्थक, शुभचिन्तक, अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारी, प्रहरी र डिल्लीबजार कारागारका सम्पूर्ण बन्दी साथीहरुलाई धन्यवाद दिएका छन् ।
यस्तो छ महराको वक्तव्य ː