संस्कृति इन्टरनेशनल स्कुलको १०औं वार्षिक उत्सव सम्पन्न |

काठमाडौं । संस्कृति इन्टरनेशनल स्कुल, प्रगतिशील शिक्षामा अग्रणी विद्यालयले गत हप्ता आफ्नो १० औं वार्षिक उत्सव मनाएको छ । संस्कृति इन्टरनेशनल स्कुल खुसीयाली, क्यरिंग र प्रेरणदायिक शैक्षिक वातावरण प्रदान गरेर विद्यार्थीले सम्मान र अन्तर्राष्ट्रिय मानसिकतालाई अँगालेर उनीहरुको सम्भावित क्षमता हासिल गर्दै परिवर्तनशील विश्वमा योगदान पुर्याउने साझा दृष्टिकोणका साथ सन् २०१० मा स्थापना गरिएको थियो ।

१०औं वार्षिक उत्सवको अवसरमा, सामुदायिक सहयोग कार्यक्रमअन्तर्गत संस्कृति इन्टरनेशनल स्कुलले किमडोलस्थीत श्री जनसुधार आधारभूत विद्यालयलाई रु १ लाख सहयोग गरेको छ । उक्त सहयोग रकम विद्यालयको हलको छानो निर्माण गर्न प्रयोग गरिनेछ । उक्त रकम सम्माननीय प्रमुख अतिथि अनुराधा कोइराला र अम्बिका श्रेष्ठले श्री जनसुधार आधारभूत विद्यालयका प्रधानध्यापक सिता पौडेललाई हस्तान्तरण गरेका छन् ।
विद्यार्थीहरुलाई सामाजिक सेवा गतिविधिहरुमा सामेल र संलग्न गराउने, विद्यार्थीहरुलाई समाजमा केहि योगदान गर्न सिकाउने उद्देश्यले स्कुलले मिस संस्कृति र मिस्टर संस्कृति प्रतियोगिताको आयोजना गरेको थियो जहाँ विद्यार्थीहरुले जित्नका लागि सामुदायिक सेवा प्रोजेक्टको प्लान तयार पानुपर्ने थियो । सबै सहभागी विद्यार्थीहरुले आफ्नो सामाजिक कार्यको आइडियामा प्रिजेन्टेशन दिएका थिए । यसबाहेक ट्यालेन्ट शो, सेलेक्शन इन्टरभ्यू, ग्रुप प्रोजेक्ट वर्क, निर्णायकवर्गबाट प्रश्न उत्तर राउण्डमा विद्यार्थीहरुले आफ्नो सृजनशीलता, प्रिजेन्टेशन स्किल र प्रतिभाहरु र ग्रुप कोलाबोरेशन प्रदर्शन गरेका थिए । मिस संस्कृति र मिस्टर संस्कृति प्रतिभा प्रतियोगिताका विजेताहरु क्रमशː श्रेया भट्टराई र बर्दान ढकाल रहेका छन् । विजेताहरुले आफ्नो व्यक्तिगत सामुदायिक प्रोजेक्ट शुरु गर्नका लागि रु २०,००० प्राप्त गरेका छन् । त्यस्तै, यस प्रोजेक्टका पहिलो रनर अप श्रुती छेत्री र आगमन बज्राचार्यलाई रु १०,००० तथा दोस्रो रनर अप एन्नी श्रेष्ठ र आश्रय पियालाई रु ५००० प्रदान गरिएको थियो ।

एक दशक लामो यात्राको स्मरण गर्दै संस्कृति इन्टरनेशनल स्कुलका अध्यक्ष रञ्जीत आचार्यले भने, “मेरो सम्पूर्ण टिम, शिक्षण तथा गैर–शिक्षण कर्मचारीहरु र संस्कृतिलाई आज हामीले हासिल गरेको यो मान्यता प्राप्त गर्न प्रत्यक्ष तथा अप्रत्यक्ष सहयोग गर्नु हुने सबैलाई म आभार प्रकट गर्दछु । उहाँहरुको निरन्तर समर्थन बिना हामी शिक्षाको सुधार र पोषणको यो ठुलो लक्ष्य कल्पना गर्न पनि सक्दैनौं ।”
संस्कृति इन्टरनेशनल स्कुलकी निर्देशक दिप्ती आचार्यले भनिन, “म अत्यन्तै खुसी छु र गर्व गर्दछु कि संस्कृतिले आज १० वर्ष पुरा गरेको छ । हाम्रा दैनिक अवरोध र चुनौतीहरुको बाबजुद, संस्कृति नेपालको विद्यालय भए तापनि विश्वस्तरीय शिक्षा प्रदान गर्न सफल भएको छ र विद्यार्थीहरुका लागि पाठ्यक्रम र एसेस्मेन्टको उत्तम मिश्रणलाई कार्यान्वयन गर्ने कुरामा केन्द्रित छ । म शिक्षा र शिक्षणमा उत्कृष्ट प्लायटफर्म प्रदान गर्ने भूमिका निर्वाह गर्न पाउँदा श्रद्धेय महशुस गर्दछु ।”
गतवर्ष संस्कृति इन्टरनेशनल स्कुल प्रतिष्ठित फिल्डवर्क एजुकेशन युकेको पाठ्यक्रम शैली अन्तर्राष्ट्रिय प्राथमिक पाठ्यक्रम (आईपीसी) को आधिकारिक मान्यता प्राप्त गर्ने दक्षिण एशियाकै पहिलो विद्यालय बन्न सफल भएको थियो ।
संस्कृति इन्टरनेशनल स्कुलको बारेमा
संस्कृति इन्टरनेशनल स्कुल स्वायत्त निजी संस्था हो जुन नेपालको परम्परागत शैक्षिक प्रणालीलाई परिवर्तन गर्दै शैक्षिक क्षेत्रमा उत्कृष्ट प्रदर्शन गर्न समर्पित रहेको छ । यसको उद्देश्य भनेको द्रुत गतिमा परिर्वतन भइरहेको विश्वमा केही भिन्न गर्न प्रयासरत असाधारण सञ्जालको हिस्सा भएका महिला र पुरुषमा नेतृत्वदयी गुण र अखण्डता विकास गर्नु हो । संस्कृति इन्टरनेशनल स्कुलले बालबालिका केन्द्रित अध्ययन र उनीहरुको सर्वांगीण विकासलाई महत्व दिदैँ शिक्षाको गुणस्तरमा सुधार ल्याउने लक्ष्य लिएको छ ।