युरोपमा कोरोनाभाइरसबाट पहिलोपटक एकजनाको मृत्यु |

काठमाडौं । कोरोनाभाइरसको संक्रमणबाट युरोपमा पहिलो मृत्यु पुष्टि भएको छ । काठमाडौं । कोरोनाभाइरसको संक्रमणबाट युरोपमा पहिलो मृत्यु पुष्टि भएको छ। मृत्यु हुनेमा फ्रान्स घुम्न आएका चीनको हुबेई प्रान्तका एक ८० वर्षीय पुरुष भएको फ्रान्सका स्वास्थ्य मन्त्री आनियास बिजाँले बताएकी छन् ।
उनी जनवरी १६ मा फ्रान्स आएका थिए र उनलाई २५ जनवरीबाट क्वारेन्टाइनमा राखिएको थियो।कोरोनाभाइरसको संक्रमणबाट चीनबाहिर मृत्यु भएको यो घटना हो। यसअघि फ्रान्स र जापानमा कोरोनाभाइरसका एक-एक जना संक्रमितको निधन भएको थियो ।
हालसम्म चीनबाहिर २४ मुलुकमा कोरोनाभाइरसका ५ सय भन्दा बढी संक्रमित भएको पुष्टि भइसकेको छ ।
त्यसैगरी चीनमा हालसम्म ६६ हजारबढी संक्रमित भएका छन् भने यसबाट मृत्यु हुनेको संख्या १५ सय बढी पुगिसकेको छ ।
फ्रान्सले आफ्नो मुलुकमा कोरोनाभाइरस संक्रमितको संख्या ११ रहेको जनाएको थियो ।