कुवेतमा बालुवाको ढिस्कोमा पुरिएर ६ नेपालीको मृत्यु, ४ जनाको सनाखत |

काठमाडौं । कुबेतमा बालुवाको ढिस्कोले पुरिएर ६ जना नेपालीको मृत्यु भएको छ । दुई जना नेपालीहरु घाइते भएका छन् । मृत्यु हुनेमा पाल्पाका एकबहादुर गाहा, सिराहाका गंगाराम चौधरी, ताप्लेजुङका बसन्त गुरुङ र दाङका श्याम नारायण चौधरी रहेको कुवेतस्थित नेपाली दूतावासले जनाएको छ । दूतावासका अनुसार मृतक अन्य दुई जनाको भने विवरण स्पष्ट भएको छैन ।
यसैगरी धर्मेन्द्र कुमार शाह र मनोरथ मण्डल घाइते भएका छन् । शाहको कुवेतस्थित जाहारा अस्पतालमा उपचार भइरहेको र मण्डल उपचारपछि कम्पनीमा फर्किइसकेको कुवेतस्थित नेपाली दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
उनीहरु कुवेतस्थित युनिभर्सल लिडर्स ट्रेडिङ एण्ड जनरल कन्ट्र्या्क्टिङ कम्पनी (डब्लुएलएल) मार्फत् अल मुत्ला सिटी प्रोजेक्टमा कार्यरत थिए ।
प्रत्यक्षदर्शीहरूले बताएअनुसार, निर्माणस्थलको ब्लक ५ मा ढल निर्माण गरिरहेका बेला माटो र ढुंगा मिसिएको ढिस्को खसेको थियो ।
हेर्नुहोस् कुवेतस्थित नेपाली दूतावासले जारी गरेको प्रेस विज्ञप्ति
