नागरिक लगानी कोषद्वारा पाँच अर्ब पूँजीको छुट्टै कम्पनी दर्ता, स्टक डिलरको काम गर्ने |
काठमाडौं । नेपाली शेयरबजारमा स्टक डिलरको रूपमा काम गर्ने उदेश्यले नागरिक लगानी कोषले पाँच अर्ब पूँजी रहेको छुट्टै कम्पनी दर्ता गराएको छ । सर्बसाधारणलाइ समेत साधारण शेयर जारी गर्ने गरी स्टक डिलरको काम गर्न बुधवार कम्पनी रजिष्टारको कार्यालयमा उसले ’नागरिक स्टक डिलर’ नामक कम्पनी दर्ता गराएको हो ।
कम्पनीको चुक्ता पूँजी पाँच अर्ब रहेको नागरिक लगानी कोषले जनाएको छ । उक्त कम्पनीमा पूर्न्बिमा कम्पनी र नेपाल टेलिकमले समेत लगानी गरेका छन् । कम्पनीमा कोषले ५१ प्रतिशत, नेपाल टेलिकमको १० प्रतिशत र पूर्न्बिमा कम्पनीको नौ प्रतिशत शेयर रहेको छ ।
कम्पनीमा कोषको दुई अर्व ५० करोड रुपैयाँ लगानी हुनेछ भने टेलिकमले ५० करोड लगानी गरेको छ । ४५ करोड रुपैयाँ पुर्नबीमा कम्पनीले लगानी गर्ने छ । बाँकी रहेको ३१ प्रतिशत रकम बराबरको शेयर कम्पनीले सर्वसाधारण मार्फत उठाउने योजना बनाएको छ । सर्वसाधारणकालागि एक अर्व ५५ करोड रुपैयाँ बराबरको शेयर कम्पनीले जारी गर्ने छ ।
नेपाल धितोपत्र बोर्डले नियमावली संशोधन गराए लगत्तै कोषले कम्पनी दर्ता गराएको हो । अब कोषले औपचारिक रूपमै स्टक डिलरको काम गर्ने छ । उसले कम्पनी खडा गरे लगत्तै नियामक निकायहरूमा स्टक डिलरको काम अघि बढाउन निवेदन दिने जनाएको छ ।