मिथिला लघुवित्तको अर्ध बार्षिक समिक्षा तथा कर्जा सूचना अभिमुखिकरण तालिम सम्पन्न |
धनुषा । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडको अर्ध बार्षिक समिक्षा तथा कर्जा सूचना अभिमुखिकरण तालिम सम्पन्न भएको छ । माघ २४ र २५ गते लालगढ कुष्ठरोग अस्पताल, मिथिला न.पा. १०, लालगढ, धनुषाको सभाहलमा आयोजित कार्यक्रममा वित्तीय संस्थाका अध्यक्ष श्याम प्रसाद साहले उद्घाटन गरेका थिए ।
वित्तीय संस्थाको कार्यक्रमलाई अझ प्रभावकारी बनाउने विषयमा केन्द्रीत रहि शाखा कार्यालयहरुले आ–आफ्नो अर्ध बाषर््िाक लक्ष्य प्रगति समिक्षा तथा आगामी कार्य योजनाको विषयमा प्रस्तुतीकरण गरेका थिए ।
समिक्षा पश्चात कर्जा सूचना केन्द्रका प्रतिनिधी सृजना धरेल र शिला श्रेष्ठले वित्तीय संस्थामा आबद्ध भएका ग्राहक सदस्यहरुको विवरण कर्जा सुचना केन्द्रमा पठाउन र रेकर्ड प्राप्त गर्न आबश्यक प्रकृयाको बारेमा प्रशिक्षण दिएका थिए ।
विभागिय प्रमुख रेशम प्रसाद वास्तोलाले संचालन गरेको सो कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत सत्यदेव राउतले कार्यक्रमको समापन गर्दे शाखा प्रमुखहरुले आफुले लिएको लक्ष्य समयमै पुरा गर्नु पर्ने र कर्जा सूचना सम्वन्धी लिएको तालिमलाई प्रभावकारी बनाउन शाखाले आफ्ना ग्राहक सदस्यहरुको विवरण कर्जा सुचनामा पठाउने र विवरण प्राप्त गर्नु पर्ने बताए । कार्यक्रममा सबै शाखा प्रमुख, ईलाका प्रमुख, विभागिय प्रमुख लगाएत ४५ जना कर्मचारीहरुको उपस्थिती रहेको थियो ।