वुहानमा रहेका नेपालीहरूको चार्टर विमानबाट उद्दार गर्ने तयारी |

काठमाडौं । सरकारले कोरोना भाइरस प्रभावित चीनको वुहानमा रहेका नेपाली नागरिकहरुलाई उद्दार गर्ने भएको छ ।
बेइजिङस्थित नेपाली दूताबासकाअनुसार चार्टर विमानबाट नेपालीहरुको उद्दार गर्न सरकारको तयारी छ ।
यसका लागि दूताबासको फारम भरेर दूतबासमा इमेल गर्न समेत आग्रह गरिएको छ । यस्तो फरम २ फेब्रअरी ९ को ९ बजेसम्म दूताबासलाई [email protected] मा इमेल गरिसक्नुपर्नेछ ।
कोरोना भाइरसबाट सबैभन्दा प्रभावित वुहानमा एक सयभन्दा बढी नेपाली भएको बताइएको छ ।
पछिल्लो समय अरु देशले पनि वुहानमा रहेका आफ्ना नागरिकको उद्दार गरेको छ । त्यहाँ रहेका नेपालीहरूले पनि सरकारसँग सहयोग मागेपछि काठमाडौंस्थित चिनियाँ दूताबासले नेपालीहरुको जीवन रक्षा र स्वास्थ्य उपचारको ग्यारेन्टी गरिएको भन्दै आश्वस्त रहन आग्रह गरेको थियो ।