नेप्सेको सफ्टवेयर खरीदमा अनियमितता भयो ː धितोपत्र बोर्ड |
काठमाडौँ । नेप्सेले अनलाइन सञ्चालनका लागि सफटवेयर खरिद गर्दा सार्वजनिक खरिद ऐनको उल्लंघनका साथै कम गणस्तरको लिएको छानबिन समितिले निष्कर्ष निकालेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशनमा धितोपत्र बोर्डले गठन गरेको ’नेप्सेको विद्युतीय प्रणाली तथा डिस्प्ले बोर्ड खरिदसम्बन्धी छानबिन समितिले स्वचालित विद्युतीय कारोबार प्रणालीका लागि सफ्टवेयर खरिदमा अनियमितता भएको निष्कर्ष निकालेको हो ।
नेप्सेले खरिद गरेको सफ्टवेयरबाट ०७५ कात्तिक २० देखि कारोबार शुरु गर्दा समस्या देखिएपछि अख्तियारले अध्ययन गर्न बोर्डलाई निर्देशन दिएको थियो । बोर्डले छानबिन गरी प्रतिवेदन अर्थ मन्त्रालयमा पेस गरिसकेको छ । ’नेप्सेबाट विद्युतीय कारोबार प्रणाली स्थापना गर्ने क्रममा सार्वजनिक खरिद ऐन नियमका व्यवस्था पूर्ण रूपमा पालना गरी स्तरीय प्रणाली, सफ्टवेयर तथा डिस्प्ले बोर्ड खरिद गर्न खुला, पारदर्शी, वस्तुनिष्ठ तथा विश्वसनीय प्रक्रिया अवलम्बन गरेको नदेखिएको, कान्तिपुरलाई प्राप्त उक्त प्रतिवेदनमा भनिएको छ ।
करिब सवा ११ करोड रुपैयाँ लागतमा बाइको प्रालिले सफ्टवेयर बनाएको हो । ’अनलाइन प्रणाली सञ्चालनमा ल्याएको लामो समयसम्म पनि प्रयोगकर्ता स्वीकार परीक्षण (युजर एसेप्टेन्स टेस्ट( यूएटी) कै चरणमा रहेको तथा गम्भीर प्रकृतिका कमीकमजोरी दिने उद्देश्यले सार्वजनिक स्थानमा राखिएको विद्युतीय बोर्ड (डिस्प्ले) खरिदमा पनि अनियमितता भएको प्रतिवेदनको निष्कर्ष छ ।
’डिस्प्ले बोर्ड खरिद गर्दा सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ८४ को उपनियम (१) बमोजिमको व्यवस्थाको पालना नगरेको र खरिद गरिएका मध्ये पहिलो डिस्ले बोर्डले कारोबारसम्बन्धी वास्तविक समय जानकारी (लाइभ तथ्यांक) सम्प्रेषण नगरेको,’ प्रतिवेदनमा भनिएको छ । दोस्रो डिस्प्ले बोर्ड सञ्चालनमा नरहेकाले सम्पत्तिको समुचित उपयोग गरेको नपाइएको समितिको ठम्याइ छ ।
यस्तै, पुरानो कारोबार प्रणाली हटाई नयाँ नेप्से अनलाइन ट्रेडिङ सिस्टम (नट्स) लागू गर्नुपर्नेमा पुरानैलाई नयाँले प्रतिस्थापन गरेको निष्कर्ष पनि प्रतिवेदनले निकालेको छ । ’नेप्सेले ०७५ माघ २० को पत्रमार्फत् आईएसओ सर्टि्फिकेसनका सम्बन्धमा हाल यूएटी कार्य भइरहेकाले सो कार्य सम्पन्न भएपश्चात् जानकारी गराइने व्यहोरा व्यवस्थाको पालना नगरेको र खरिद गरिएका मध्ये पहिलो डिस्ले बोर्डले कारोबारसम्बन्धी वास्तविक समय जानकारी (लाइभ तथ्यांक) सम्प्रेषण नगरेको,’ प्रतिवेदनमा भनिएको छ ।
दोस्रो डिस्प्ले बोर्ड सञ्चालनमा नरहेकाले सम्पत्तिको समुचित उपयोग गरेको नपाइएको समितिको ठम्याइ छ । यस्तै, पुरानो कारोबार प्रणाली हटाई नयाँ नेप्से अनलाइन ट्रेडिङ सिस्टम (नट्स) लागू गर्नुपर्नेमा पुरानैलाई नयाँले प्रतिस्थापन गरेको निष्कर्ष पनि प्रतिवेदनले निकालेको छ ।