हरिवंशको ‘म त फसेँ माकुरीको जालमा परेर’ गित सार्वजनिक (भिडियो सहित) |

काठमाडौं । वरिष्ठ कलाकार हरिवंश आचार्यले ‘म त फसेँ माकुरीको जालमा परेर’ बोलको नयाँ गीत सार्वजनिक गरेका छन् । गीत उनले आफ्नै महसञ्चारमार्फत सार्वजनिक गरेका हुन् ।
गीतमा हरिवंशलाई गायिका टिका प्रसाईले स्वरमा साथ दिएकी छन् । हिरण्य भोजपुरेको शब्द र हरिशरणको संगीत रहेको गीतको भिडियो गायक हरिवंश र गायिका टिकानै देखिएका छन् । आराध्या लक्ष्मी खड्गीको निर्देशन रहेको भिडियोमा सोहन मानन्धरको छायाँकन र सम्पादन छ ।
पछिल्लो समय हरिवंशले गायनलाई पनि निरन्तरता दिइरहेका छन् । केहि आगाडी उनले ‘बुढो मन छैन’ बोलको गीत ल्याएका थिए ।