अजोड इन्स्योरेन्स, ग्लोबल र कुमारी क्यापिटल बीच शेयर निष्काशन सम्झौता |
काठमाडौं । अजोड इन्स्योरेन्स लिमिटेड र ग्लोबल आइएमई क्यापिटल लिमिटेड तथा कुमारी क्यापिटल लिमिटेड बीच शेयर निष्काशन तथा प्रत्याभुति सम्बन्धि सम्झौता भएको छ ।
माघ १२ गते आइतवार अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्री, ग्लोबल आइएमई क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत पारस मणी ढकाल र कुमारी क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत राजेश श्रेष्ठले प्रत्याभुतिकर्ता नियुक्ती सम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।