कामना सेवा विकास बैंकको शाखा काठमाडौंको भिमसेनगोलामा, शाखा संख्या ११७ पुग्यो |
काठमाडौं । कामना सेवा विकास बैंकले काठमाडौंको भिमसेनगोलामा शाखा विस्तार गरेको छ ।
बैंकको विस्तारित शाखासँगै बैंकको शाखा संख्या १ सय १७ पुगेको छ । बैंकले ११७ शाखा तथा ६० एटीएममार्फत सेवा प्रदान गर्दै आईरहेको छ । साथै बैंकले एबीबीएस, ईन्टरनेट बैंकिङ मोबाईल बैंकिङ भी ५ लगायतका माध्यमबाट समेत सेवा प्रदान गर्दै आईरहेको छ ।