सिटिजन्स बैंकको थप ४ नयाँ शाखा सञ्चालनमा |

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले ५ गतेबाट थप चारवटा नयाँ शाखाहरु सञ्चालनमा ल्याएको छ । शाखा विस्तार गर्ने क्रममा बैंकले चितवनको टाँडी, लमजुङको भोटेओडार, कपिलवस्तुको जितपुर तथा नुवाकोटको देवीघाटमा आफ्ना नयाँ शाखाहरु सञ्चालनमा ल्याएको हो ।
यी शाखाहरु मार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न सम्पूर्ण रिटेल बैकिंग सेवा प्रदान गर्नुका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पु¥याँउने लक्ष्य बैंकले राखेको छ ।
सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, एटीएम.सेवा, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा लगायतका वित्तीय सेवाहरु छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा ग्राहकहरुलाई प्रदान गर्ने प्रतिबद्धता बैंकले व्यक्त गरेको छ ।
बैंकले प्रदेश नं १ मा ११, प्रदेश नं २ मा ८, बागमती प्रदेशमा ३९, गण्डकी प्रदेशमा ६, प्रदेश नं ५ मा १३, कर्णाली प्रदेशमा ७ तथा सुदुरपश्चिम प्रदेशमा ५ गरी कुल ८९ वटा शाखा कार्यालयहरुबाट ग्राहक वर्गहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, घरैमा बसेर बैंक खाता खोल्न सकिने अनलाईन सुविधा, रेमिट्यान्स सेवा, आस्वा, ड्राफ्ट, कार्ड सेवा साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु उपलब्ध गराउँदै आएको छ ।
बैंकले नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको इजाजत प्राप्त सहयोगी विकाश बैंक लिमिटेडलाई प्राप्ति गर्ने गरी अन्तिम सम्झौतामा हस्ताक्षर गरिसकेको छ । प्राप्ति पश्चात बैंकको कुल शाखा १०३ पुग्नेछ । बैंकले ८९ वटा शाखा, ८५ वटा ए.टि.एम. र १०३ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव पाँच लाख ग्राहकहरुलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदानगर्दै आएको छ ।