ग्लोबल आईएमईको कारोबार आजदेखि खुल्दै, नेप्सेले तोक्यो मूल्य |
काठमाडौं । जनता बैंकसँग मर्जर प्रक्रिया कारण लामो समयदेखि रोक्का रहेको ग्लोबल आईएमई बैंकको शेयर कारोबार आज सोमवारदेखि खुल्ने भएको छ । नेप्सेले माघ ५ गते आइतबार बैंकको मर्जरपश्चात पहिलो कारोबारको लागि मूल्य तोकेको छ ।
सोमबार बैंकको शेयर कारोबार २५२.४७ रुपैयाँमा पहिलो कारोबार हुनेगरी नेप्सेले मूल्य निर्धारण गरेको छ । बैंकले गत बुधबार (माघ १ गते) सूचीकृत बैंकले ७ करोड २० लाख ८७ हजार ८१.१८ कित्ता शेयर नेप्सेमा सूचीकृत गरेको थियो ।
ग्लोबल आइएमई बैंक र जनता बैंकले गत मंसिर २० गतेदेखि एकीकृत कारोबार शुरु गरिसकेका छन् । मर्जर सम्झौता पश्चात ग्लोबल आइएमई बैंक र जनता बैंकको असार २२ गते आइतबारदेखि दोस्रो बजारमा शेयर कारोबार रोक्का छ ।
गत असार १९ गते बिहीबार बैंकको शेयर २९५ रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।