कुपण्डोलस्थित बजाज सर्भिस सेन्टरमा लागेको आगो निभाइयो |

काठमाडौं । ललितपुरको कुपण्डोलस्थित बजाज सर्भिस सेन्टरमा लागेको आगो नियन्त्रणमा आएको छ ।
बिहीबार साँझ सर्भिस सेन्टरमा आगलागी भएको थियो । काठमाडौं र ललितपुर महानगरपालिकाबाट गएको दमकलका साथै पानीका ट्यांकरहरुको सहयोगमा आगो निभाइएको छ ।
आगलागीको कारण खुलेको छैन ।