एक खर्ब रुपैयाँ बराबरको ८३ करोड थान नयाँ नोट छाप्ने राष्ट्र बैंकको तयारी |
काठमाडौं । नेपाल राष्ट्र बैंकले करीब एक खर्ब रुपैयाँ बराबरको ८३ करोड थान नयाँ नोट छाप्ने भएको छ ।
केन्द्रीय बैंकले सो बराबरको नोट छाप्न मंगलबार एक सूचना जारी गर्दै अनुभवी प्रिन्टर्सबाट आवेदनसमेत माग गरेको छ । केन्द्रीय बैंकले सो बराबरको नोट छाप्न मंगलबार एक सूचना जारी गर्दै अनुभवी प्रिन्टर्सबाट आवेदनसमेत माग गरेको छ ।
सूचना अनुसार ५ रुपैयाँका ३० करोड थान, १० रुपैयाँका ३४ करोड थान र ५ सय रुपैयाँका १९ करोड थान नोट छाप्नुपर्ने सूचनामा उल्लेख छ । राष्ट्र बैंकले यो सबै गरेर कुल ९९ अर्ब ९० करोड रुपैयाँ बराबरको नयाँ नोट बजारमा ल्याउन लागेको हो ।
नयाँ नोटमा डिजाइन समेत सम्बन्धित कम्पनीले उपलब्ध गराउनु पर्ने राष्ट्र बैंकले जनाएको छ ।