स्पर्स लघुवित्तको सभाबाट २ सञ्चालक चयन |
काठमाडौं । स्पर्स लघुवित्त वित्तीय संस्थाको सञ्चालकमा सर्वसाधारण शेयरधनीहरुको तर्फबाट नारायणी देवकोटा र जगन्नाथ रिजाल चयन भएका छन् ।
कम्पनीको पुस २७ गते सम्पन्न तेस्रो साधारण सभाले उनीहरुलाई आगामी ४ वर्षको लागि चयन गरेको हो ।
साथै, सोही दिन बसेको कम्पनीको ५५औं सञ्चालक समितिको बैठकले निजहरुको पद तथा गोपनियताको सपथ गराएको समेत कम्पनीले जानकारी गराएको छ ।