नेपाल एसविआई बैंकलाई ऋणपत्र जारी गर्न अनुमति |
काठमाडौं । नेपाल एसबिआई बैंकले ऋणपत्र जारी गर्नको लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड(सेबोन) ले अनुमति दिएको छ ।
बैंकले ऋणपत्र जारी गर्नको लागि पुस २७ गते अनुमति पाएको हो ।
अनुमति पाएसँगै बैंकले १० प्रतिशत ब्याजदरमा २०८६ सम्मको लागि २५ लाख कित्ता ऋणपत्र जारी गर्नेछ ।
२५ लाख कित्ता ऋणपत्र मध्ये १० कित्ता सर्वसाधारणको लागि र १५ लाख कित्ता ब्याक्तीगत संघ सँस्थालाई विक्री गर्नेछ । विक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ ।