विश्वको सबभन्दा सानो थ्रिजी स्मार्टफोन सार्वजनिक |
जिनी मोबाइल्सले विश्वको सबभन्दा सानो थ्रिजी स्मार्टफोन शुक्रबार लञ्च गरेको छ । कम्पनीले ‘जान्को टाइनी टी २’ मोडलको स्मार्टफोन लञ्च गरेको हो। यो जान्को टाइनी टी १ को अपग्रेडटेड भर्जन हो ।
विश्वलाई नै चकित बनाएको यो फोन २.४ इञ्च लम्बाइ, १.८ इञ्च चौडाइ र ०.६५ इञ्च मोटाइ छ । अत्यन्तै सानो उक्त फोनमा क्यामेरासहित अन्य १४ फिचर्स पनि राखिएको छ ।
मोबाइल कम्पनीको आधिकारिक वेबसाइटबाट फोन बुक गर्न सकिने कम्पनीले जनाएको छ । फोन अमेरिकाबाट लञ्च गरिएको हो ।फोनबाट राम्रो फोटोग्राफी तथा भिडिओ खिच्न सकिने कम्पनीको दाबी छ ।
मोबाइलमा फन्ट तथा रियल क्यामेरा राखिएको छ । यस्तै, एफएम रेडियो, अर्लाम, क्यालेन्डर, एमपिथ्री लगायतका फिचर पनि फोनमा छन् । यसमा बोलेरै म्यासेज टाइप गर्न सकिने फिचर पनि समावेश गरिएको छ ।
उक्त फोनमा ३२ जिबीको माइक्रो एसडी कार्ड प्रयोग गर्न सकिन्छ । यसले गर्दा खिचिएको फोटो तथा भिडिओ सजिलै एसडी कार्डबाट अर्को फोनमा सार्न सकिन्छ ।
मोबाइल एक पटक चार्ज गरेपछि ७ दिनसम्म चल्ने कम्पनीको दाबी छ ।