भुकम्प सुरक्षा दिवस माघ २ गते मनाइँदै |
काठमाडौं । भूकम्पबाट सुरक्षित पूर्वाधार, दिगो सुख र समृद्धिको आधार भन्ने मुल नाराका साथ २२ औं भुकम्प सुरक्षा दिवस माघ २ गते मनाइने भएको छ । वि.स.१९९० माघ २ गते २ बजेर २४ मिनेट जादाँ गएको महाभूकम्पको स्मृतिमा नेपाल सरकार, गृह मन्त्रालयको संयोजकत्वमा २०५५ देखि हरेक बर्ष माघ २ दिनलाई भुकम्प सुरक्षा दिवसको रुपमा मनाइदै आएको हो ।
शहरी विकास तथा भवन निमार्ण विभागमा सोमबार पत्रकार सम्मेलन गर्दै विभागका मणिराम गेलालले भूकम्पीय जोखिम न्यूनीकरण, प्रतिकार्य, पूर्व तयारी तथा सरक्षित भवन निर्माण लगायतका विषयमा यथेष्ट र प्रभावकारी प्रचारप्रसार गर्नका लागि उक्त दिवस मनाउन लागेको जानकारी दिए ।दिवसको मनाउनको लागि शहरी विकास तथा भवन निर्माण विभागको महानिर्देशकको संयोजकत्वमा ४१ सदस्यीय प्रचार प्रसार उपसमिति गठन भएको छ ।
दिवस मुलसमारोहको कार्यक्रम अन्तर्गत २०७६ माघ २ गते भूकम्प सुरक्षा ¥याली भक्तपुरमा हुने भएको छ । जस अनुसार ¥याली मार्ग १ लामगाल पुखु, नबदुर्गा, गछे सकोलान् दत्तात्रय, इनाचो गोल्मढी, सुकुलढोका, त्रिपुरासुन्दरी, हुदै भक्तपुर दरवार स्क्वायर र याली मार्ग २ भाज्या पुखु इनागा, टेखापुख, बंशगोपाल, तालाक्व, टौमढी, क्वोछे, साकोठा हुदै भक्तपुर दरवार स्कवायर पुगेर मुल समारोहको औपचारिक कार्यक्रमहरु संचालन हुनेछन् ।
उक्त दिन दशैभरी कार्यक्रम मनाइने छ । उक्त दिन भूकम्प सम्बन्धी विभिन्न गोष्टी, सभा, वृत्तचित्र प्रदर्शनी, निवन्ध प्रतियोगिता र सरोकारवालासँग छलफलका कार्यक्रमहरु राखिएको छ ।