प्राइम कमर्सियल बैंकको विशेष वार्षिक साधारण सभा सम्पन्न | कैलाश बिकास बैंक प्राप्ती गर्ने विशेष प्रस्ताव पारित
काठमाडौं । प्राइम कमर्सियल बैंकले शनिबार बाह्रों वार्षिक साधारण सभा सम्पन्न गरेको छ । साधारण सभाले आफ्ना शेयरधनीहरुलाई १६ प्रतिशत बोनस शेयर बितरण गर्ने र कैलाश बिकास बैंक लिमिटेडलाई प्राप्ती गर्नै बिशेष प्रस्ताव पारित गरेको छ ।
सभाले कैलाश विकास बैंक लि.को १०० कित्ता शेयर बराबर प्राइम कमर्सियल बैंक लिमिटेडको ९४ कित्ता शेयर स्वाप रेसियो कायम हुने गरी प्रस्ताव पारित गरेको हो । प्राइम कमर्सियल बैंकले कैलाश विकास बैंक लिमिटेडलाई प्राप्ति पश्चात शाखा संख्या १९९ हुनेछ ।
विभिन्न बैंकर्स,उद्योगी,व्यवसायी,शिक्षाविद एवं व्यवसायिक व्यक्तित्वहरुद्वारा प्रवद्र्धित तथा विभिन्न नविनतम बैकिग सेवाहरु प्रदान गर्दै आएकोे बैंकले आगामी दिनहरुमा पनि बैकको सेवा र शाखाहरुको संजाल बिस्तार गर्दै लगी आपनो शेयरधनीहरु लाई यथोचित र समय सापेक्ष प्रतिफल दिन बैक प्रतिवद्ध रहेको जानकारी गराएको छ ।