बुटवलमा माघ १७ देखि नवौं सूचना प्रविधि मेला |
बुटवल । कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासंघको आयोजनामा नवौं संस्करणको सूचना तथा सञ्चार प्रविधि मेला (क्यान इन्फोटेक) माघ दोस्रो साता बुटवलमा हुने भएको छ ।
महासंघले माघ १७ गतेदेखि २१ गतेसम्म बुटवलको गोलपार्क्स्थित बुटवल बहुमुखी क्याम्पस प्राङ्गणमा मेला आयोजना गर्न लागेको हो । मेलामा स्थानीय, राष्ट्रिय र अन्तरराष्ट्रिय स्तरका सूचना तथा सञ्चार प्रविधि सम्बन्धित कम्पनीहरुका एक सय १० बढी स्टलहरु रहने क्यान महासंघ रुपन्देहीका अध्यक्ष रामुदेव गौतमले जानकारी दिए मेलामा हार्डवेयर सेल्स तथा मेन्टिनेन्स्, पावर सोलुसन्स्, मोवाइल एसेसोरिज, डिलर र डिस्ट्रिव्युटर्स, इन्टरनेट सेवा प्रदायक, टेली कम्युनिकेशनस्, बैंक, आईसीटी कलेज, शैक्षिक परामर्श केन्द्र, सफ्टवेयर सोलुसन्स्, पेमेन्ट सोलुसन्स् र विभिन्न नयाँ प्रविधिको प्रयोग गरेर स्थानीय विद्यार्थीहरुले बनाएका प्रविधियुक्त हाडवेयररसफ्टवेयर सँग सम्बन्धित स्टलहरु रहने गौतमले बताए ।
नेपाली सूचना प्रविधि क्षेत्रको विकासमा सहयोग पुर्याउिने र सूचना प्रविधि क्षेत्रका ब्यवसायीहरुलाई व्यापारिक सम्भावनाहरुको पहिचानका लागि मेला सहयोगी हुने अध्यक्ष गौतमले बताए ।
मेलाले अवलोकनकर्तालाई एकै थलोमा सूचना तथा सञ्चार प्रविधिका नयाँ आविस्कार र उपकरणको अवलोकन र खरिद गर्न पाउने तथा सरकारले ल्याएको डिजिटल नेपाल फ्रेमवर्क र नेपाल भ्रमण वर्ष २०२० लाई समेत टेवा पुर्यााउने महासंघका सहसचिव एवं प्रचार संयोजक सुरेश भट्टराईले जानकारी दिए । मेलाको विशेष आकर्षणको रुपमा अत्याधुनिक सेक्युरिटी टेक्नोलोजी, कम्प्युटर, प्रिन्टर र ल्यापटप फ्रि सर्भिस क्याम्प,नेपाली बैज्ञानिकहरुद्धारा निर्मित रोबोट र ड्रोनको प्रदर्शनी,वक्तृत्वकला प्रतियोगिता,हार्डवेयर र सफ्टवेयरमा नयाँ आविस्कारको प्रतियोगिता, सुचना प्रविधि तथा विद्युतिय वित्तिय साक्षरता बिषयमा गोष्ठी लगायत रहने महासंघले जनाएको छ ।
सरकारी विद्यालयका विद्यार्थी, बुटवल वहुमुखी क्याम्पसका विद्यार्थी,जेष्ठ र अपाङ्गता भएका नागरिकलाई निशुल्क प्रवेश दिइने मेलामा अनलाइन टिकट खरिदको व्यवस्था मिलाइने महासंघले जनाएको छ ।
मेलालाई प्रभु पेले मुख्य प्रायोजन र वल्र्ड लिंक लगायतका कम्पनीहरुले प्रायोजन गर्ने सम्झौता भइसकेको प्रचार संयोजक भट्टराईले बताए । मेलामा एक लाख बढी दर्शकले अवलोकन गर्ने र दुई करोड रुपैया बराबरको आर्थिक कारोबार हुने आयोजकको लक्ष्य छ ।