नवप्रबर्तन उद्यम गर्न चाहने लाई बिना धितो ऋण ː गर्भनर |
काठमाडौं । नवप्रबर्तन उद्यम गर्न चाहनेले बिना धितो नै ऋण पाउने भएका छन् । उनीहरूलाई बैक वित्तीय संस्थाबाट ऋण पाउन कुनै अवरोध नहुने नेपाल राष्ट्र बैकका गभर्नर डा.चिरिन्जिबि नेपालले राजधानीमा आयोजित एक कार्यक्रममा बताएका छन् ।
‘राम्रो व्यवसाय गर्न इच्छुकहरूले आइडिया मात्रै लिएर गएमा सहजै कर्जा पाउन सक्ने छन् ’ गभर्नर नेपालले भने । हाल बैंकहरुले ८ प्रकारका सहुलिएतपूर्ण कर्जा दिएको नेपालको भनाइ छ । तर उद्यमीले आफ्नो आइडिया र क्षमता भने बैंकका प्रमुख कार्यकारी अधिकृतको मन जित्न सक्ने प्रकारको हुनु पर्ने नेपालले जिकिर छ । तर ऋण लिनेले काम गर्ने मानसिकता सँगै कर्जा तिर्ने सोच राख्नै पर्नेमा उनले जोड दिए ।
बैंकिङ क्षेत्रमा आउने पोलिसी धेरै सोच बिचार गरेर मात्रै कार्यान्वयनमा ल्याइने गरेको नेपालको भनाइ छ । उक्त नीति गभर्नरको सपना देखेर मात्र नआउने उनले स्पष्ट पारे । ’गभर्नरले सपना देखेर मात्र नीति आउँदैनन् । त्यसलाइ अध्ययन गरेर मात्रै ल्याइने गरिएको छ ’ नेपालले भने । केन्द्रीय बैकले कुनै पनि नीति नियमको निमार्ण गरेर कार्यान्वयन गर्दा आवश्यकताको आधारमा गर्ने गरेको छ । यसरी राष्ट्र बैकले नीति नियम बनाउँदा अन्तर्रा्ष्ट्रिय अभ्यास र त्यसको राम्रो परिणामलाई हेरेर पनि निमार्ण गर्ने गरेको नेपालको भनाई छ । वाणिज्य बैकको पूँजी वृद्धिकालागि तीन वर्ष पहिले दिइएको निर्देशन समेत उति बेलाको आवश्यकतालाई मध्यनजर गरेर दिएको उनले बताए ।
उनले बैकबाट प्रवाह भइरहेको ऋण प्रवाह अनुशासन भन्दा बाहिर गएकोमा चिन्ता व्यक्त गरेका छन् । यसैगरी ऋणीले समेत वित्तीय अनुशासन भन्दा बाहिर गएकोमा उनले त्यस्ता ऋणीलाई सचेत गराएका छन् । ’कर्जा लिनेले एक व्यक्तिबाट लिएर अर्कोलाई दिने हुँदा कसैलाई पनि जनताको पैसा हिनामिना गर्ने अधिकार छैन ’ नेपालले भने ।