उड्ने ट्याक्सीका लागि हुन्डाईले उबरसँग सहकार्य गर्दै |
काठमाडौं । यी दुई कम्पनीले स्वचालित शहरी एयर ट्याक्सीका लागि सहकार्य गर्न लागेका हुन् । अटोमोबाइल्सका विश्व खेलाडीहरू ड्याम्लर(जर्मनी), जेली अटोमोबाइल्स(चीन) र टोयोटा(जापान)हरूले यसअघि नै ठाडै उडान–अवतरण गर्न सक्ने विद्युतीय एयर कारमा लगानी घोषणा गरिसकेका छन् ।
तर यी योजनाहरूको कार्यान्वयनमा ठूला प्राविधिक र नियमनका बाधाहरू छन् । उबर र हुन्डाईले यी कारहरूको व्यवसायिक प्रयोगका लागि तोकेका फरक(फरक समयसीमाले पनि यी चुनौतीहरूलाई देखाउँछ ।
’हामीले सन् २०२३ सम्म उबर एयर सुरु गरिसक्नेमा एकनासको प्रगति गरिरहेका छौं’, उबर इलिभेटका प्रमुख एरिक एलिसनले भने । उनले लास भेगासको उपभोक्ता विद्युधितिय प्रदर्शनीमा यस्तो बताएका हुन् ।
यता हुन्डाईका कार्यकारी उपाध्यक्ष यूसुन चुङले भने सन् २०२८ सम्ममा एयर ट्याक्सीको व्यावसायिकीकरण हुने बताएका छन् ।
उनले कानुन र व्यवस्था तयारीका कारण यति समय लाग्ने बताएका हुन् । हुन्डाई उबरको एयर ट्याक्सी योजनामा सहभागी भएको पहिलो कार निर्माता कम्पनी हो । यसमा प्लेन निर्माता कम्पनी बोइङको सहायक कम्पनी अउरा फ्लाइट साइन्सेज पनि सहभागी छ ।
यस योजना अन्तरगत हुन्डाईले कार बनाउनेछ भने उबरले राइड(सेयर सेवा प्रदान गर्नेछ । उबरले एयर ट्याक्सीका लागि ८ कम्पनीहरूसँग सहकार्य गरिरहेको छ । उसले सबै साथी कम्पनी एकसाथ बजारमा जानेछन् भनेर आशा गर्नु अस्वभाविक हुने बताएको छ ।
’हामीले सन् २०२३ मा सिमित रुपमा सुरु गर्ने व्यावसायिक सेवाले अरु साथी कम्पनीलाई संलग्न गराउनेछ’, उबरकी सञ्चार व्यवस्थापक सारा अब्बाउडले रोयटर्ससँग भनिन् ।
हुन्डाईले उबरसँग मिलेर विद्युतीय एयरक्राफ्टको अवधारणा नमुना प्रदर्शनीमा सार्वजनिक गर्नेछ । पाइलटसहित चार यात्रुको क्षमता रहने ट्याक्सीले एकपटकमा सय किलोमिटरसम्मको दुरी तय गर्न सक्नेछ ।
’यसको प्रयोग सबैका लागि सुलभ हुनुपर्छ’, हुन्डाई मोटर्सको उर्बान एयर मोबिलिटी डिभिजनका प्रमुख सिन झेवनले भने । यसरी आउने एयर ट्याक्सीहरू विभिन्न क्षमता र आकारका हुनेछन्। जेट इन्जिनलाई विद्युधितिय मोटरले विस्थापन गर्नेछन् र एयरक्राफ्टमा घुम्ने हुनेछन । र केही अवस्थामा बने प्रोपेलर्सको सट्टामा रोटरसहरु हुनेछन् ।
गत वर्ष हुन्डाईले यस योजनामा सन् २०१५ सम्म १.५ बिलियन अमेरिकी डलर लगानी गर्ने वाचा गरेको थियो । यसैगरी बोईङ कम्पनीले शहरी यातायातका लागि जर्मनी कार कम्पनी भोक्सवागनको स्पोट्स कार पोससँग उड्ने विद्युतिय गाडीका लागि काम गरिरहेको बताएको थियो ।