५० प्रतिशत डाउनपेमेन्टका कारण गाडी आयात घट्यो |
काठमाडौं । गत वर्षको तुलनामा सवारीसाधन आयातमा गिरावट आएको छ । भन्सार विभागको तथ्याङ्कअनुसार गत वर्षको पहिलो ५ महिनाको तुलनामा चालू आर्थिक वर्षमा २ अर्व ७६ करोड ८५ लाख ६४ हजारले गिरावट आएको हो ।
गत आर्थिक वर्षको पहिलो ५ महिनामा ४४ अर्व १२ करोड ७८ हजारको सवारीसाधन आयात भएको थियो भने चालू आर्थिक वर्षको यही अवधीमा ४१ अर्व ३५ करोड १५ लाख १४ हजारको मात्र आयात भएको छ ।
सवारी साधनको आयात घट्नुमा धेरै पक्षले भुमिका खेलेको नाडा अटोमोवाइल्स एसोसिएसन अफ नेपालका महासचिव सुनिल रिजालले बताए ।
‘पहिलो कारण त बैंकमा तरलताको अभाव हो । त्यस्तै अहिले गाडी खरिद गर्न ५० प्रतिशत डाउनपेमेन्ट गर्नुपर्छ, यो प्रावधानले गाडी खरिद गर्न चाहानेले खरिद गर्न पाएका छैनन्,’रिजालले भने ।
त्यस्तै सरकारको नीति नियमको कारण पनि सवारी साधन आयातमा ह्रास आएको रिजालले जानकारी दिए ।
‘वर्षै्पिच्छे भन्सार दर, अन्तशूल्क परिर्वतन भइरहेको छ । भर्खरै मात्र राष्ट्र बैंकले सवारीसाधनको किस्ता आयको ५० प्रतिशत भन्दा धेरै हुननहुने प्रावधान ल्याएको छ । यस्ता कारणले पनि सवारी साधनको आयातमा गिरावट आइरहेको छ,’रिजालले भने ।