सानिमा बैंक पोखराद्वारा हिमालय आँखा हस्पिटललाई वाटर प्यूरीफिकेशन मेसिन प्रदान |

काठमाडौं । सानिमा बैंक लिमिटेड पोखरा, न्युरोड शाखाले बैंकको सामाजिक संस्थागत उत्तरदायित्व कार्यक्रम अन्तर्गत पोखरा मा.न.पा. वडा नं. १७, घारीपाटन स्थित श्री हिमालय आँखा हस्पिटलमा आउने दैनिक करिब ५०० जना आँखा सम्बन्धी बिरामीहरु एवम् हस्पिटलका कर्मचारीहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै वाटर प्यूरीफिकेशन मेसिन प्रदान गरेको छ ।
उक्त मेसिन सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन कुमार दाहालद्वारा हिमालय आँखा हस्पिटलका प्रमुख मेडिकल डाईरेक्टर डा. ईन्द्रमान मर्हजनलाई हस्तानतरण गरे । साथै, बैंकको प्रमुख कार्यकारी अधिकृतले आगामी दिनहरुमा पनि थप आवश्यक सहयोगहरु उपलब्ध गर्दै जाने बताए । त्यसै गरी हिमालय आँखा हस्पिटलका प्रमुख मेडिकल डाईरेक्टर डा. ईन्द्रमान मर्हजनले सानिमा बैंकको सहयोग प्रति हार्दिक आभार व्यक्त गरेका थिए ।
सानिमा बैंकको हाल ७९ वटा शाखा, १ एक्सटेन्सन काउन्टर तथा ७८ वटा एटीएम रहेको छ ।